लिटलफ्लावर स्कुलले अन्य स्कुलका बिध्यार्थीलाई पनि निशुल्क अनलाईन क्लास दिने

लिटलफ्लावर स्कुलले अन्य स्कुलका बिध्यार्थीलाई पनि निशुल्क अनलाईन क्लास दिने

भदौ १९ चितवन।

चितवनको उत्कृष्ट मानिएको लिटलफ्लावर स्कुल नारायणगढले अन्य स्कुलका विद्यार्थीलाई पनि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । देशभर कोरोना महामारीका कारण गरिएको लकडाउनले पढ्न नपाएका कक्षा १० सम्मका त्यस्ता विद्यार्थीलाई स्कुलले यो सुविधा दिने भएको हो । जसका लागि स्कुलले अनलाइन फर्मबाट दर्ता प्रक्रिया शुरु गरेको छ ।स्कुलका प्रिन्सिपल फादर रोवीले लकडाउनका कारण पढाईबाट वञ्चित भएका विद्यार्थीलाई लक्षित गरी निशुल्क अनलाईन कक्षा शुरु गर्न लागिएको बताउनु भयो । ‘काठमाडौ लगायत अन्य जिल्लाका कतिपय विद्यार्थीले पढ्न नपाएको सुनेको छ, उहाँले भन्नुभयो , त्यस्ता विद्यार्थीलाई लक्षित गरी अनलाइन कक्षा शुरु गर्न लागेका हौं ।’चितवनमा समेत अधिकाश विद्यालयले प्राविधिक तथा अन्य कारण अनलाइन कक्षा निरन्तर दिन सकेका छैन । यसलाई मध्यनजर गरी स्कुलले निशुल्क अनलाइन कक्षा दिने निर्णय गरेको हो ।विद्यार्थीले आफ्नो पढ्न पाउने अधिकारलाई रक्षा गर्दै संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरिएको फादर रोवीको भनाई छ । उहांँका अनुसार स्कुलले प्रत्येक कक्षामा हाल २० जना सम्म दर्ता भएर अनलाइन कक्षा लिन इच्छुक त्यस्ता विद्यार्थीलाई सोही स्कुलका विद्यार्थीसँगै पढाउने र सो भन्दा बढी संख्या भएमा अलग्गै अनलाइन कक्षाको व्यवस्था गर्नेछ ।‘गरीब तथा जेहेन्दार र जसले पैसाको अभावमा अन्य विद्यालयको पढाइबाट बञ्चित हुनु परेको छ ,उनीहरुको लागि लक्षित गरिएको हो ।’ फादर रोवीले भन्नु भयो ।दर्ता प्रक्रियाको लागि स्कुलको पेजमा गएर आफ्नो नाम दर्ता गर्न उहांँले विद्यार्थीलाई आग्रह गर्नुभएको छ । दर्ता प्रक्रियापछि स्कुलले ती विद्यार्थीलाई अलग्गै अलनाइन कक्षाको युजर, पासवर्ड दिनेछ ।स्कुलले लकडाउन शुरु भएको केही समय वित्न नपाउंँदै विद्यार्थीहरुलाई गुणस्तरीय अनलाइन कक्षा दिदै आएको छ र कक्षा १० सम्मका विद्यार्थीको पहिलो त्रैमासिक परीक्षाको नतिजा समेत प्रकाशन गरिसकेको छ ।हाल स्कुलले १० जोड दुईको कक्षामा भर्ना शुरुगरी यही भदौ २५ गतेबाट अनलाइन कक्षा शुरु गरिने जानकारी दिएको छ साथै हालसम्म भर्ना नभएका विद्यार्थीलाई यथाशक्य चांँडै भर्ना गर्न समेत आग्रह गरेको छ ।