सुनको मूल्य घटबढ हुने क्रम जारी, तोलाको ७९ हजार दुई सय

सुनको मूल्य घटबढ हुने क्रम जारी, तोलाको ७९ हजार दुई सय

सुुनको मूल्य घटबढ हुनेक्रम जारी छ । शुक्रबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ७९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुनको मूल्य तोलामा ७९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ७८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य तोलामा ७९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।