काठमाडाैंमा चार ग्यास सिलिन्डर पड्किँदा आगलागी भएकाे छ । रानीबन पानी ट्यांकी नजिकै रहेको कमश्वेर शर्मा शर्माकाे फर्निचर उद्योगमा आगलागी भएको हो।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले चार वटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेकाे जानकारी दिनुभयाे।
![](https://i0.wp.com/www.imagekhabar.com/wp-content/uploads/2022/09/cityexpress_ads_1000-x-130-_2-1_1-2.gif?w=640&ssl=1)
उहाँका अनुसार उद्योगमा पूजा गर्दा बालेको धुपले सल्किएकाे आगोले उद्योगमा आगोलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकाे छ ।
आगोलागीपछि त्यहाँभित्र रहेका पाँच ग्यास सिलिन्डरमध्ये चार सिलिन्डर पड्किएकाे उहाँले बताउनुभयाे ।