“ लकडाउन खुलेपनि मास्क नखोलौ “

“ लकडाउन खुलेपनि मास्क नखोलौ “

दिक्षा ढकाल
हाल विश्वभरि फैलिरहेको नयाँ कोरोना भाईरसको सङक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले कोभिड १९ को नाम दिइएको छ र यसलाई विश्वब्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ । कोरोना भाईरस श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । यो सङक्रमित ब्यक्तिले खोक्दा वा हाछँयु गर्दा नाक वा मुखबाट निस्किने छिट्टाको माध्यमबाट एक अर्काे ब्यक्तिमा सर्दछ ।
यो नयाँ प्रजातिको भाईरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यस भाईरसले मानिस र पशुहरुमा सङक्रमण गर्दछ । यस भाईरसले सामान्य रुघाखोकी देखि गम्भिर प्रकारको तिब्र श्वासप्रश्वास (Severe Acute Respiratory System ) SARS सम्म गराउन सक्दछ । कोरोना महामारी सर्वप्रथम चीनको बुहान प्रान्तमा डिसेम्बर २०१९ मा पहिचान गरिएको हो । विश्व स्वास्थ्य संगठनले यसलाई महामरीको रुपमा २०२० मार्च ११ मा घोषणा गरेको थियो । यो भाईरसबाट विश्वका सम्पूर्ण राष्ट्रहरु प्रभावित हुनुका साथै जुलाई महिना सम्म १ करोड ४५ लाख भन्दा बढी मानिसमा सङक्रमण देखिनुका साथै जम्मा छ लाख भन्दा बढी मानिसको कोरोना सङक्रमबाट मृत्यु भईसकेको छ । सङक्रमित मानिसमध्ये करिब नब्बे लाख मनिसहरु उपचारपछि निको भईसकेको छ्न। नेपालमा यस महामारीबाट १८ हजार २ सय ४१ जना भन्दा बढी सङक्रममित भएका छन भने ४३ जनाको मृत्यु भएको छ । सुरु सुरुमा कोरोनाका जीवाणुहरु सङक्रमित मानिसहरुले खोक्दा , हाछँयु गर्दा , कुराकानी गर्दा , पानीका थोपाबाट अर्को नजिकैको मानिसमा सर्ने तथ्य सार्वजानिक भएका थिए तर यो जीवाणु बस्तुको सतहमा पनि केही समय रहने हुनाले त्यस्तो सतहमा स्पर्श भएका हातले अनुहारमा छोएमा यो सजिलै सर्न सक्ने बताइएको छ । यो जीवणुबाट सङक्रमित भएको मानिसमा लक्षण ५ देखि १४ दिन सम्म देखिने गर्दछ ।
कोरोना भाईरसका लक्षणहरु
— १०३ भन्दा माथि ज्वरो आउनु
— रुघाखोकी लाग्नु
— श्वास प्रश्वासमा समस्या देखिनु
— गन्ध र स्वाद थाहा नपाउनु
कोरोनाको उपचार तथा बच्ने उपायहरु
हामीले यस कोरोना भाईरसबाट बच्न उपायहरु अपनाउनु पर्छ । कोरोना सङक्रमितलाई निको पर्ने अहिले सम्म कुनै औषधी पनि पत्ता लाउन सकेको छैन । धेरै मुलुकका वैज्ञानिकहरु निरन्तर औषधीको खोजीमा जुटिरहेको छन् र पनि यसको परिमाण निस्केको छैन । तसर्थ यसको सङक्रमण बाट बच्नुनै उत्तम उपाय हो । कोरोनाको सङक्रमणबाट बच्न निम्न उपायहरु अपनाउनु जरुरी छ ।
— साबुन पानीले राम्रो सँग २०÷२० मिनेटमा हात धुने
— घरबाट अनावश्यक बाहिर ननिस्कने
— माछा मासु राम्रो सँग पकाएर मात्र खाने
— सेनिटाइजर र मास्कको अनिवार्य प्रयोग गर्ने
— बाहिरको खानेकुरा नखाने
— कुनैपनि ब्यक्तिसँग १ मिटरको दुरी कायम गर्ने
कोरोना महामारीले मानव जीवनमा प्रत्यक्ष प्रभाव परेको छ । यसले देशको आर्थिक तथा सामाजिक अवस्था निकै कमजोर बनाएको छ । मानिसहरुले रोजगारी गुमाउनुको साथै सम्पूर्ण ब्यवसायहरु अन्यालमा परेका छन् । यसका साथै विद्यालय लगायत सम्पूर्ण शैक्षिक सस्था बन्द हुनगई विश्वभरी कयौ विद्यार्थी तथा बालबालिकको भविष्य अन्योलमा परेको छ ।

र अन्तमा सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन अन्तत बुधबारबाट हटायको छ लक डाउन सकिय पनि जोखिम भने पुर्णरुपमा हटिसकेको छैन संक्रमितहरु दिनहु थपिदै छन् । तसर्थ “ लकडाउन खुलेपनि मास्क नखोलौ “ ।
कोरोना भाईरस मानव जीवनकालागी अत्यन्त खतरनाक साबित भएको छ । यसको कारणले मानव लगायत सम्पूर्ण गतिविधिहरुमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ । यसले भौतिक बिकास गर्दा पर्यावरणीय सन्तुलनमा पनि उतिकै ध्यान दिनुपर्ने सम्बन्धित निकायलाई सचेत गराएको छ ।