धनगढीका मिश्रले गरे भारतलाई पराजित गरे नेपाली क्रिकेट टीमलाई पच्चिस लाख दिने घोषणा

धनगढीका मिश्रले गरे भारतलाई पराजित गरे नेपाली क्रिकेट टीमलाई पच्चिस लाख दिने घोषणा

धनगढी-१ शिवनगरमा रहेको मिश्र ट्रेड सपमा सञ्चालक व्यवसायी मोहन मिश्रले नेपाली क्रिकेट टीमका खेलाडीहरूलाई पुरस्कार दिने बताएका छन्।

मिश्रले एसिया कप, २०२३ को आज हुने खेलमा भारतलाई पराजित गरे नेपाली क्रिकेट टीमलाई नगद पच्चिस लाख पुरस्कार दिने घोषणा गरेका हुन्। आज (सोमबार) हुने नेपाल र भारत बीचको खेल नेपालले जिते खेलाडीको हौसला बढाउन २५ लाख पुरस्कार दिने मिश्रले बताए।

श्रीलंकामा आज नेपाल र भारत बीच एसिया कप, २०२३ अन्तर्गतको खेल भइरहेको छ। क्रिकेट प्रेमी मिश्रले नेपाली खेलाडीको सम्मान बढाउन पुरस्कार दिने निधो गरेको बताए।