‘अध्यक्ष प्रचण्डकै नेतृत्वमा माडी मणि बन्छ’

‘अध्यक्ष प्रचण्डकै नेतृत्वमा माडी मणि बन्छ’

सन्तोष पनेरु

हो, कमरेड प्रचण्डले बर्तमान प्रधानमन्त्रि केपि वलिलाई साक्षि राखेर अब माडीलाई माडी मात्रै होईन मणी बनाउनु पर्छ, कमरेड वलि र म त्यसका लागी प्रतिबद्ध छौ भन्नुभएको हो ! बिकास रातारात हुने कुरा होईन, तमाम कठिनाई बिचमा पनि माडीले बिकास र समृद्धिको दिशामा सकरात्मक फड्को मार्दै छ !

आर्थिक बिकासका जोनहरु, शैक्षिक बिकासका लागी प्राबिधिक कार्यक्रम र संरचनाहरु, पुर्वाधार अन्तरगत सडक र पुलहरु बन्दै छन् ! अध्यक्ष प्रचण्डकै पहलकदमी मा यो ३ बर्षमा माडीमा मात्रै झण्डै सवा अर्ब रुपैया पैसा र योजना भित्रिएका छन् ! सकरात्मक कुराको प्रचार र स्वामित्व लिन कोही डराउनु र कंजुसाई गर्नु पर्दैन् ! मेयर ठाकुर ढकाल सहितको कार्यपालिका लगातार माडीको बिकासका लागी फिल्डमा जबरजस्त कुदिरहेको छ ! प्रधानमन्त्रि स्वयंको माडीमा ध्यानाकर्षण छ ! प्रदेश सरकारले कृषि र पर्यटनका लागी करोडौ लगानि गरिराखेको छ !

सोमेश्वर गढी, पाचपाण्डव र बैकुण्ठेका ठुला योजना बनेका छन् ! मदन बाटीका,एकता स्तम्भ, सहिद पार्क र दिवाकर बाटीकाले स्वरुप बदल्दै छन् ! कान्तिपुरमा नमुना चक्लाबन्दी खेति सुरु भएको छ ! सुधारिएको भकारो, उन्नत र ब्यबसायिक पशुपालन, अर्गानिक र ठुला कृषि फर्मका लागी प्रदेश र नगरले अनुदान सुरु गरेका छन् ! मुल सडक नाला सहित पिच हुदैछ ! ९ वटै वडाका (बादरझुल्ला बाहेक) सबै टोल जोड्ने सहायक बाटो स्तरन्नोति भएका छन् क्रमश ठुला सडक पिच हुदैछन् ! अब बिजुलि सबै तिर पुगिसक्यो !

सासंद रामलाल महत्तो पहलमा बिभिन्न वडामा करोडौंका खानेपानि योजना बन्दैछन् ! सामाजिक बिकास मन्त्रालयले कभर्डहल र चौरहरु बनाउदैछ ! माडीमा जग्गा किन्नेको संख्या बढेको छ ! HA मात्रै भेटिने बघौडा PHC अहिले ४/५ जना डाक्टर सहित अपरेसन गर्ने जिल्ला स्तरको बघौडा अस्पताल बनिसक्यो ! CS गर्न गर्भवतिलाई भरतपुर दुकुराउनु पर्दैन् ! माडी क्याम्पसले मास्टर्स पढाउछँ, स्कुलहरुमा साईन्स प्लस टु सुरु भएको छ, दिवाकर प्राबिधिक शिक्षालयले कार्यक्रम थप गर्दैछ, ठुला ठुला स्कुलहरु मर्जिग भैरहेका छन् शिक्षा क्षेत्र देखिने गरि बदलिदै गैरहेको छ ! निजि क्षेत्र उत्साहित छ, एक पछी अर्को बैकं र बित्तिय सस्था थपिदैछन् ! कृषि, सास्कृतिक पर्यटन र भौतिक पुर्वाधार बिकासमा माडी मणी नै बन्ने यात्रामा छ !

बाह्य चक्रपथ, कृषि सडक र रिउ करिडोरका बहुबर्षिय बजेट परेका छन् ! अध्यक्ष प्रचण्डकै अध्यक्षतामा बिनियोजन हुने गरी ३०० घरका खरका छाना जस्तामा बदल्ने योजना सुरु भएको छ ! जनता आवास र चेपागं सुकुम्बासीलाई घर बनाईदिन सुरु भएको छ ! ५० घर कान्तिपुरका गन्धर्वहरुका लागी नमुना रुपमा बन्दै छ ! अपेक्षित राष्ट्रिय निकुञ्जको समस्या बाकि छ , यद्धपि ऐन संसोधन र बैकल्पिक बिधिबाट निकुञ्ज भित्रको सडकको स्तरबिकासको योजना बढेको छ ! यसमा भने नेतृत्वलाई घचघचाई राख्नु पर्छ !

राम्रो पनि देखौ, थप राम्रोको लागी दवाब दिउ, निरपेक्ष आलोचक नबनौं ! हो, यि करोडौ का योजना के आकासबाट झरेका हु्न् या आफै उम्रेका ? के प्रचण्ड बाहेको अर्को नेता भएको भए यो सबै संम्भव थियो ? बिलकुल थिएन, यसकारण कमरेड प्रचण्डको नेतृत्वमा क.गंगा बेलबासे, क. रामलाल महत्तो र मेयर ठाकुर ढकाल सहितको माडी नगरका जनप्रतिनिधिहरुकै पहल योजना र अगुवाईमा माडी मणी बन्ने दिशामा छ !