केही सोचौ केही गरौ

केही सोचौ केही गरौ

वेदराज न्यौपाने

मानिस सामाजिक प्राणी भएकोले यसले सधै समाज रुपान्तरणका प्रारुपहरुलाई सामित्यता राखी अगाड बढिरहेको परिप्रेक्षमा विभिन्न मोडहरुमा भिन्न भिन्न रुप देखिनु स्वाभावीक नै हुन्छ ।

जिवन एउटा गोरेटो रहेछ । गोरेटोमा थुप्रै मोडहरु , उकाली ओराली , सांघुरो,फराकिलो , हरियाली उजाड आदि विभिन्न वाटोहरु आउने रहेछन ।

ति सवै परिचक्रमा मोचन गरेर त्यसबाट पार गरेर जिवनमा मोक्ष्य पार गर्न सकियो भने बल्ल जीवनमा बाच्नुको रहस्य हुदोरहेछ तर मनिस एउटा विवेकशिल तथा सामाजिक प्राणी भएको करणले पक्कै पनि के गर्ने के नगर्ने कस्का लागी गर्ने किन गर्ने के गरेर के हुने के गरेर के नहुने आदि जस्ता भावानात्मक कुराहरुमा पक्कै पनि सोचनिय हुनुपर्दछ ।

सन्दर्भ हालको बिषम परिस्थिती देखेएको आक्रन्तरुपी कोरोना भाईरसको विश्वब्यापी फैलावटको बिषम परिस्थितीलाई बर्तमान परिपेक्षमा बहसको रुपमा अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

एकातिर सरकारको काम कारवाही प्रती टिका टिप्पणी आहीरहेको छन् भने अर्को तर्फ नेपालका नागरिकहरु जे पर्ला परेकै टर्ला भन्ने होडबाजी देखाउदै यिअपमयधल को समयमा पनि आफ्नो अदम्म आडस देखाउदै कहिनभएको जात्रा हाडी गाँउमा भने जस्तै झन झन यही बेलामा विभिन्न परिकारका भोजनको ग्रहण गर्ने बिहानी यात्रा सन्ध्याकालिन यात्रा पारिवारिक भोजभोजन आदि सुखमय क्षणमा दिनचर्या बिताइरहेको देखिन्छ ।

त्यस्तै अनावश्यक फेसबुक चलाउने गेम खेल्ने तथा सुतेर दिन बिताएको देखिन्छ । यसको सट्टा हामी नेपालीले धेरै उपयोगी काम गरेर दिन बिताउन सकिन्छ ।

हामीले अहिले आइटि को जमना छ , बैज्ञाननिकहरुको जमना छ सबै आधारभुत आवश्यकताहरु उपलब्धी भएको जमाना छ ।

हामी सँग समय प्रसस्त खाली छ । हामीले देख्छौ एउटा सानो कमिलो कहिल्यै स्थिर बसेको देखिदैन ।

एउटा सानो माछा पोखरीमा हेर्दा स्थिर बसेको देखिदैन भने हामी यस्तो सर्वश्रेष्ट प्राणी , सामाजिक प्राणी असामाजिक तत्व भएर दिनभरी कुम्बकर्ण झै सुतेर दिन बिताउने , चोकमा बसेर एक अर्काको वारेमा टिका टिप्पणी गर्ने , अहिले प्रचलित शब्द फेसबुके राजनिति गर्ने , अर्काको घरमा गएर मिलेर बसेका जाहान बच्चा बच्चीहरुलाई बिथाल्ने आदि काम गरेका समाजमा उदाहरणहरु प्रसस्तै देखिएको छ ।

यि सबै अनावश्यक अनुत्पादक परिस्थितीलाई उपलब्धी मुलक बनाउनको लागी बिभिन्न प्रकारका स्वास्थ्यवर्दक उपायहरु सिक्ने जस्तै शरीरलाई तन्दुरुस्त राख्न्नको लागी बिभिन्न किसिमका ब्यायमहरु गर्ने , आफ्नो खेतबारी छ भने खेतबारीमा काम गर्ने जस्ले गर्दा आँफैले उब्जाएको उब्जनी खाँदा छुट्टै मज्जाको अनुभुती हुने रहेछ ।

घरका दैनिक कृयाकलापहरु सिक्ने , शिक्षा एक पिडिवाट अर्को पिडिमा सर्छ भने जस्तै घरका ब्यवहारीक कृयाकलापहरु आफ्ना बाबुआमाले आफ्ना छोराछोरीलाई सिकाउन सकिन्छ जस्ले हाम्रो परम्परा, रितिरिवाज, संस्कृती आदीको जोगेर्ना हुन्छ ।

विभिन्न प्रकारका परम्परागत तथा आधुनिक बाद्यबादन बजाउन सिक्ने जस्ले गर्दा जीवनमा सन्तुष्टी मिल्न सक्छ । यस्तै विभिन्न किसिममा साहित्यक सृजनाहरु तथा सर्जकवाट लिखित उपयोगी पुस्तकहरु पढ्ने आफुले जे जानिन्छ त्यही रचना तयार गर्ने जस्ले गर्द जीवनमा आफुलाई केही बोलौँ केही गरौँ भन्ने आत्मबाल बढ्छ ।

खाली दिमाग सैतानको घर भने झैँ दिमाग र बहिरी शरीर खाली राख्न भन्दा केही न केही गरियो वा सिकियो भने यी कुरा कसैलाई नभइ स्वयम आँफैलाई अवस्य नै आत्म सन्तुष्टी मिल्ने छ ।

काम भन्दा खेर गएका बोटल ,कागज , कपडा , कपास अथवा कुनै पनि प्रकारका समानहरुवाट विभिन्न प्रकारका सृङ्गारिक सामानहरु बनाउने , घरमा भएका आ–आफ्नो जात धर्म अनुसारको धार्मिक तथा एतिहासिक किताबहरु पढ्ने आदि ।

यसरी माथी उल्लेखितको अलवा अन्य विविध सृजनात्मक कामहरु गरेर दिनहरु ब्यतित गर्ने हो भने हामी स्वच्छ रहन्छौँ । स्वच्छ भयौँ भने हामी दृर्घायु हुन्छौँ , काम गर्न सक्छौँ । दिृगायु काम गर्न सकियो भने हामी उत्पादन पठाउन सक्छौँ ।

उत्पादन पठाउन सक्यौँ भने हामी सुखमय जीवन बिताउन सक्छौँ । अन्त्यमा सुखमय जीवन नै हाम्रो जीवनको सफल लक्ष्य प्राप्ती हो ।