परिक्षा हलमा ५०० युवतीको बीचमा एक्लै बस्नु परेपछि एक युवक बेहोस

परिक्षा हलमा ५०० युवतीको बीचमा एक्लै बस्नु परेपछि एक युवक बेहोस

भारतको बिहारमा ५०० युवतीको बीचमा एक्लै बस्नु परेपछि एक युवक बेहोस् भएका छन् । रिपोर्टका अनुसार ‘इन्टरमेडियट’ तहको परिक्षा दिन परिक्षा सेन्टरमा पुगेका मनिष शंकर परिक्षा हलमा ५०० जना युवतीको बीचमा आफू मात्र एक्लो केटा मान्छे रहेको थाह पाएसँगै बेहोस् भएका हुन् ।मनिष शंकर अल्लाम इकबाल कलेजका विद्यार्थी हुन् भने उनको केन्द्र बिहार शरीफको ब्रिलियन्ट कन्भेन्ट स्कूलमा परेको थियो । परीक्षा केन्द्रमा पुग्दा सबै केटीहरूलाई देखेर उनको अवस्था बिग्रिएको र उनी बेहोस भएको बताइएको छ ।‘परीक्षा केन्द्रमा आफूलाई एक्लै पाएपछि उनी आत्तिए । यस केन्द्रका सबै केटीहरूमध्ये उ एक मात्र केटा रहेछ र यो देखेर उसलाई चक्कर लाग्यो । मनिषकी काकीलाई उदृत गर्दै भारतीय मिडियाले लेखेका छन् । यस घटनासँग सम्बन्धित एक भिडिओ हाल भारतीय सामाजिक संजालमा भाइरल बनिरहेको छ ।