यति सब भैसकेपछि तपाई प्रधानमन्त्रीको कुर्चिमा बसिरहन मिल्छ ?

यति सब भैसकेपछि तपाई प्रधानमन्त्रीको कुर्चिमा बसिरहन मिल्छ ?

कृष्ण अनुरागी….

मेरो आग्रह पत्र जुवानो, जिरा, बेसार हालेर पकाएको पानीलाई मन तातो पारेर त्यसमा थोरै कागति मह मिसाएर पिउँदा त्यसले रुघाखोकी, चिसो र पेट दुखाईमा आराम दिन्छ भन्ने कुरा हामीले हाम्रा बा आमा हजुरबा हजुरआमाबाट सिक्यौं सायद उहॉहरुले पनि उहॉहरुको अबिभावकबाट । हाम्रै भान्छाभित्रका यि बहुआयामीक चिजहरु हामी प्रतक्ष वा अप्रतक्ष नियमित सेवन गर्छौं तरपनि यो मात्रै रोग नियन्त्रणको अचुक औषधि हैन । हामी यसका बाबजुत पनि डाक्टरी औषधि सेवन गर्न बाध्य छौं र त्यसले पनि नभएर कतिले मृत्युबरण गर्न बाध्य छन् । बिश्व स्वास्थ्य संगठनले दिएको तथ्यांकअनुसार पनि यस्तै रुघा खोकी ज्वरो निमोनियाका कारण अत्याधिक मृत्यु हुनेहरुमा नेपाल तेस्रो नम्बरमा पर्छ रे ! आदरणिय प्रधानमंत्रीले संसदमा यो कोरोना भनेको कडा खालको रुघाखोकी हो यस्लाई हाच्छिउँ सॉच्छिउ गरेर बेसार पानी खाएर ठिक पार्दिने हो भन्नुभएछ । सम्माननिय प्रधानमंत्रीको यो बिज्ञताप्रति म खुसी प्रकट गरौं कि दुख? अन्यौलमा छु प्रधानमंत्री ज्यु ! केहि मानिसहरु यस्तो उट्पट्यांग कुराको समर्थनमा आफ्नो पुरै सामर्थ्य लगाइरहेको देख्दा ति प्रति दया जागेर आयो । बेसार पानीको महत्व र यसको प्रभावका बारेमा यहॉ कसैको पनि आशंका छैन । तर प्रधानमंत्री जस्तो ब्यक्तिले कोरोना महामारीले बिश्व आतंकित भएको बेलामा जनतालाई सावधान र सचेत गराउनु पर्नेमा उल्टै कोरोना केहिपनि हैन मात्र बेसार पानी खानुस ठिक हुन्छ भनेर दिएको स्वघोषित बिद्धताले पार्ने असर के हुन्छ ऑकलन गरिएको छ? अहिले उसैपनि मानिस बिना मास्क सामाजिक दुरीलाई लत्यार भिडभाड गरिरहेको यो परिस्थितिमा प्रधानमंत्रीको यो कुराले जनता झनै लापरवाह भए भने? संभावित महामारीको ऑकल गर्नुभएको छ प्रधानमंत्री ज्यु ? हुन त नेपालमा धन्नै २ दर्जन मानिसले कोरोनाका कारण ज्यान गुमाउँदै गर्दा प्रधानमंत्री भन्छन् नेपालमा बढीमा तिनजना कोरोनाका कारणले मरे होलान् बॉकी सबै अन्य रोगका कारण मरेका हुन् रे ! कोरोनाले बढी आक्रमण गर्ने भनेकै त्यस्तै अन्य रोग भएका र शरिरमा रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई नै हो भनेर बिज्ञहरुले भनिरहेका छन् । जो जति मरे तिनीहरुमा अन्य रोग हुँदा हुँदै कोरोना संक्रमण भयो र मरे । कोरोना संक्रमण नभएका भए उनिहरु अरु समय बॉच्थे । अनि उनिहरु कोरोनाका कारण नमरेर अन्य रोगका कारण मरे भन्न मिल्छ । प्रधानमंत्री ज्यु तपाई ऑफै दुई दुई पटक मृगौला प्रत्यारोपण गरेको ब्यक्ति । बिज्ञहरुका अनुसार तपाई पनि कोरोना उच्च जोखिममा हुनुहुन्छ ।

त्यस्तो नहोस मेरो कामना तर मानौ यदि तपाईलाई संक्रमण भयो र तपॉइको मृत्यु भयो भने हामीले के भन्ने?

हाम्रा प्रधानमंत्री कोरोनाका कारण नभै अरु कारणले मर्नुभयो ?

प्रधानमंत्री ज्यु तपाईको त्यो उचाई, पद, पर्तिष्ठाले पनि तपाईलाई यस्ता हावा जग हँसाउने कुरा गर्न नमिल्ने हो । अनि तपाइको यस्ता वाइघात कमिक्सहरुमा सदनमा टेवल ठटाएर गर्व गर्ने त्यो जमातलाई हनुमानहरु नभनेर के भनुन् त जनताले ?

प्रधानमंत्री ज्यु ल एकछिनलाई मानौ तपॉइको तर्क सहि छ रे ! यदि त्यसो हो र यो बिषयमा हजुर सर्वज्ञानी हुनुहुँदोरहेछ त किन देश र जनलाई यत्रो समय बन्धक बनाउनुभो ?

दसौ अर्व जनताको पैसाको खोलो ब्यर्थमा किन बगाउनुभो? देशले यो बिचमा भोगेको आर्थिक, सामाजिक एवं भौतिक क्षतिको पुर्ति कस्ले गर्ने ?

फेरीपनि जनतालाई निर्वाद हिंडडुलमा किन प्रतिबन्ध ?

स्वास्थ्य सामाग्री खरिदका नाममा किन सेनालाई बिबादमा मुछ्नुभो ?

के अब यि सब कुराको जबाफ दिनुपर्दैन? अनि औचित्यहिन रुपमा खर्चमा भएको यो समय र पैसाले नितिगत एवं आर्थिक भ्रष्टाचार पुष्टी गर्छ कि गर्दैन र यसको नैतिक जिम्मेदारी तपाइले लिनुपर्छ कि पर्दैन? यति सब भैसकेपछि तपाई प्रधानमंत्री को कर्चिमा बसिरहन मिल्छ? त्यसैले कोरोना बिज्ञ बेसारे एक्सपर्ट एवं दुर द्रष्टा सम्माननिय प्रधानमंत्री ज्यु तत्काल प्रधानमंत्रीको पदबाट राजिनामा दिनुस् ।#जयदेश