नेपालको सांस्कृतिक पर्व साउने सक्रांन्ति

नेपालको सांस्कृतिक पर्व साउने सक्रांन्ति


हिमाल सुबेदी

नेपाल बहुभाषिक, बहुसंस्कृतिक, बहुजातिक, बहुधर्मिक मुलुक हो । यहाँ विभिन्न जातजातिका मनिसहरुले बसोबास गर्ने गर्छन् । ती विभिन्न जातजातिका मनिसहरुले आफ्नो धर्म संस्कृति अनुसार थुप्रै चाडपर्वहरु मनाउने गर्छन् । थुप्रै चाडपर्हरुमध्ये हिन्दू धर्मलम्बीहरुको महान चाड (पर्व) साउने सक्रान्ति पनि एक हो । यस पर्व सँगै सूर्य कर्कट राशीमा प्रबेश गर्ने गर्दछन । दिनहरु क्रमश छोटो हुँदै जाने र रात लामो हुँदै जाने महत्वपूर्ण कामसकेर मनिसहरुले अब हिउँद लागेको अनुभव गर्न थाल्छन ।


साउने सक्रान्ति परम्परागत हिसाबले त लुतो फाल्ने दिन हो । असार महिनामा धान, कोदो, रोपेपछि शरीर फोहोर हुन सक्छ लुतो, घाऊ, खटिरा हुन सक्छन भनेर सरसफाइ गर्ने दिन पनि हो । यस्तो ब्याधीनासक खानेकुरा खाने दिन हो । साँझामा जडीबुटीहरु जम्मा गर्ने र मेहेन्दी लगाउने चलन पनि छ । अब मनिसमा आएको चेतनाको स्तर, सरसफाइमा भएको पहुच, स्वास्थ्य क्षेत्रमा भएको सुविधाले गर्दा लुतो आउन कम हुँदै गएको छ ।


लुतोपिलो झाडाबान्ता जस्ता रोगहरु सबै पारी गाँउतिर लैजाउ भन्दै सन्क्रतीको दिन राती अाँगोको राँको फाल्ने चलन अझैपनि हाम्रो गाँउघरमा यथावत नै रहेको छ । हरियो मकै सिनिक्कै पारी खेतबाट घरमा भित्राएपछी हो हो माले हो हो हो हो तारे हो हो भन्दै विहानको मिर्मिरे कुखुराको डाकोमा उज्यालो नहुँदै खेतको हिलो, बाझो, सँगै गोरुहरु सँग जोतिनु नारिनु असार महिना कृषक एवम् हामी सबै नेपालीहरुको दिनचर्यानै भन्नुपर्दछ । किनकी मानो खाँदै मुरी फलाउने दिन यो असार महिना विशेषगरी सम्पूर्ण किसान बर्गहरुको महत्वपूर्ण समय मानिन्छ ।


यसै सन्दर्भ सँगै आउने साउने सन्क्रती चाड खेतको सबै काम सकाएर खाने रमाइलो गर्ने चाड हो । अब त बर्षा पनि सकियो भन्दै धान रोपाइ गर्दा हिलोले खाएको खुट्टा सुक्खा गर्ने अनि कामले अथवा रोपाइले थाकेको शरीरलाई थकाई मार्दै रोधी घर वा आ–आफ्नो घरआँगनमा यतीबेला धेरै परिकारहरु जस्तै सेल रोटी, माछामासु सँग सम्पूर्ण घरपरिवार दुःख बिर्सिदै खुसी साटासाट गर्दै नाचगान गर्दै साउने सक्रान्ति मनाउने गरिन्छ ।

बिशेष गरी गुरुङ समुदयका मनिसहरुले यस दिनमा आफ्नो मौलिक संस्कृति अन्तरगत चुड्का गीत गाएर यस पर्वमा रमाइलो गरिरहेका हुन्छन । मुलत देशका हरेक ठाँउमा आफ्नो चलनले यो पर्व उत्सुकताका साथ मनाउने गरिन्छ ।