चितवनमा विरामी सहितको एम्बुलेन्स दुर्घटना

चितवनमा विरामी सहितको एम्बुलेन्स दुर्घटना

चितवनमा विरामी सहितको एम्बुलेन्स त्रिशुली नदीको किनारमा खस्दा ५ जना घाईते भएका छन् । मङ्गलवार विहान काठमाडौँ बाट विरामी लिएर सर्लाही तर्फ जान लागेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ३, पानीधारामा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना पछि घाईते पाँच जनाको उपचारको लागी भरतपुर ल्याईएको छ । घाईते हुनेमा एम्बुलेन्स चालक गौरीगन्ज गाउँपालिका १ वस्ने वर्ष २८ का सरोज दाहाल, क्यान्सर विरामी बरहथवा नगरपालिका २ सर्लाही बस्ने ५० वर्षकी दिल मायाँ राना मगर , त्यसै ठाउँका ३४ वर्षका नर बहादुर मगर र २६ वर्षकी मेक कुमारी राना मगर रहेका छन् । उनीहरुको अवस्था मध्येम रहे पनी बरहथवा नगरपालिका २ सर्लाही बस्ने वर्ष १५ का बाधे राना मगर भने गम्बीर घाईते रहेको जिल्ला प्रहरीकार्यलय चितवनका प्रमुख नान्तीराज गुरुङ्गले जानकारी दिए ।