चितवनमा काेराेनाबाट थप एक जनाकाे मृत्युु

चितवनमा काेराेनाबाट थप एक जनाकाे मृत्युु

चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ ३ गते निमोनिया भएर उपचारका लागि भरतपुर आएका ७५ वर्षीय एक वृद्धको विहीवार राति उपचारको क्रममा मृत्यु भएको थियो ।

उपचारका लागि आएलगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको थियाे। तर, चितवन मेडिकल कलेजको ल्याब हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकोले रिपोर्ट सार्वजनिक गरिएको थिएन । भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको भेरिफिकेसन परीक्षणमासमेत उनको रिपोर्ट पोजेटिभ आएको छ । याे सगैं चितवनमा काेराेना बाट मृत्युु हुनेकाे सख्यां ५ पुगेकाे छ। जसमध्ये २ जना कैलाली र हेटाैडाका रहेका छन्।