चितवनमा थप १० जनामा कोरोना संक्रमण पुष्टि:आज मात्रै ५६ जनामा कोरोना फेला

चितवनमा थप १० जनामा कोरोना संक्रमण पुष्टि:आज मात्रै ५६ जनामा कोरोना फेला

भदौ ०६, चितवनमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज राति पुष्टि भएकाहरु मध्ये भरतपुर महानगरपालिकाका ४ जना पुरुष सहित ७ जना र राप्ति नगरपालिकाका २ महिला सहित ३ जनामा कोरोना देखिएको हो। त्यस्तै मकवानपुरका २ जना र नवलपुरका १ जनामा पनि कोरोना पुष्टि भएको छ। यस अघि आज दिउसो मात्र चितवनका ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको थियो। यो संगै चितवनमा आज मात्र ५६ जनामा कोरोना पुष्टि भएको छ ।आज दिउसो भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको भरतपुर, रत्ननगर र राप्तीका गरी २० जना त्यस्तै चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–१ का ४८ वर्षीय पुरुष, भरतपुर–८ का २७ वर्षीया महिला, भरतपुर–२३ का ६१ वर्षीय पुरुष र खैहरनी नगरपालिका–१२ का ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।त्यस्तै पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा, र मकवानपुरका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । त्यस्तै चितवन मेडिकल कलेजको कोभिड ल्याबमा मकवानपुरको हेटौंडा–६ का चार महिला र एक पुरुष गरि ५ जना, हेटौंडा–४ का ५६ वर्षीय पुरुष, मनहरीका ६० वर्षीया महिला र लामसूर्य–९ का ३० र ६० वर्षीय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।