भरतपुरका १६ सहित थप ३३ जनामा कोरोना पुष्टि

भरतपुरका १६ सहित थप ३३ जनामा कोरोना पुष्टि

चितवनका २० सहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भयको छ । भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा २७० वटा नमुना परिक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भयको अस्पतालको प्रयोगशाला प्रमुख नितु अधिकारिले जानकारि दिनुभयको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा चितवनको भरतपुर, रत्ननगर र राप्तीका गरी २० जना र पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा, र मकवानपुरका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै १६ जना छन् । जसमा ७ जना पुरुष र ९ जना महिला छन् । उनीहरुको भरतपुर अस्पताल र भरतपुर सामुदायिक हस्पिटलबाट स्वाब लिईएको हो । भरतपुर–२, ७, १० र ११ नम्बर वडाका ती संक्रमितहरु ३ वर्षीया बालिकादेखि ७८ वर्षीय वृद्धसम्मका छन् ।

यस्तै रत्ननगर नगरपालिकाका ५० वर्षीय पुरुष, राप्ती नगरपालिका–२, ८ का ३५, ५५ वर्षीय पुरुष र २६ वर्षीयामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु चितवन मेडिकल कलेजको क्वारेन्टिनमा छन् ।

यसैगरी पूर्वी नवलपरासी, मकवानपुर, बारा, पर्सा र रौतहटका गरी ६ पुरुष र २ महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजबाट स्वाब लिईएको हो । यस्तै बाँकेको नेपालगञ्जका ५ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । ३५ देखि ४० वर्षीय संक्रमित पुरुषहरुको बागेश्वरी ल्याबाट स्वाब लिइएको हो ।

चितवनमा शुक्रबार राति कुल २७० वटा नमुनाको परीक्षण गरिएको थियो ।