चितवनका १० सहित ११ जनामा कोरोना पुष्टि

चितवनका १०  सहित ११ जनामा कोरोना पुष्टि

भदौ १

चितवनका १० जना सहित थप ११ जनामा कोरोना पुष्टि भयको छ । भरतपुर कोंभिड १९ प्रयोगशालामा गरियको परिक्षणमा थप ११ जनामा कोरोना पुष्टि भयको हो । संक्रमितहरुमध्ये ७ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन् भने ३ जना राप्ति नगरपालिका र १ जना हेटौडाका रहेका छन् ।

सक्रमितहरु २२ देखि ८६ बर्ष सम्मका रहेको भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशाला प्रमुख नितु अधिकारीले जानकारि दिनुभयो । आईतबार राति प्रयोगशालामा ५६८ जनाको नमुना परिक्षण गरियकोमा बांकि ५५७ जनाको रिपोर्ट भने नेगेटिभ आयको छ ।