निषेधाज्ञा उल्लघन भएपछि चितवनमा एक राउण्ड हवाई फायर

निषेधाज्ञा उल्लघन भएपछि चितवनमा एक राउण्ड हवाई फायर

पुर्विचितवनको पिप्लेमा एक राउण्ड हवाई फायर भएको छ । पूर्वीचितवनको राप्ती नगरपालिका १ पिप्लेमा हवाई फायर भएको जिल्ला प्रहरी कार्यलयले बताएको हाे।

आइतबार एक महिलाले पिप्ले मन्दिरमा रहेको एउटा ढुङ्गा पुजाको लागि लगेको र त्यो फिर्ता दिनुपर्छ भन्ने विषयमा भिडभाड भएपछि हवाई फाएर भएको हाे। निषेधाज्ञाको समयमा भिड गरेको र हटाउने प्रयास गर्दा वादविवाद भएपछि भिडलाई तितरवितर पार्न एक राउण्ड हवाई फायर गरिएको चितवन प्रहरीले जनाएको छ ।