चितवनको बैकमा पनि कोरोना

चितवनको बैकमा पनि कोरोना

चितवनमा शनिबार ८ जनामा कोरोना संक्रमण पुष्टि भयको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा ६१ वटा नमुनाहरुको परिक्षण गर्दा ८ जनामा सक्रमण पुष्टि भयको अस्पलाको परिक्षण प्रयोगशाला प्रमुख डा. नितु अधिकारिले जानकारि दिनुभयको छ । संक्रमितहरु मध्ये भरतपुर वडानं १, ४ , १० र १५ गरि ५ जना यस्तै सुर्खेतका १ पुरुष र नवलपुरका एक पुरुष रहेका छन् । जसमध्ये भरतपुरका संक्रमितहरु मध्ये एक जना राष्टिय वाणिज्य बैंक भरतपुरको कर्मचारि रहेको चितवनका प्रमुख जिल्ला अधिकारि नारायण प्रसाद भट्टराईले जानकारि दिनुभयको छ । साथै प्रअ ले पछिल्लो समय राष्टिय वाणिज्य बैकंमा पुगेका ब्यक्तिहरुलाई होम क्वारिनटिनमा बस्न समेत आग्रह गर्नुभयको छ । संक्रमित महिला बैकंको फ्रन्ट लाईनमै बसेर काम गर्ने भयकाले धेरैजनाको सम्पर्कमा रहेको हुनसक्ने अनुमान गरियको छ ।