मनकारि घरबेटि जसले ३ महिनाको घरभाडा नै लियनन्

मनकारि घरबेटि जसले ३ महिनाको घरभाडा नै लियनन्

चितवनको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले लकडाउनको समयको तीन महिनाको भाडा छुट दिने घोषणा गर्नुभएको छ । सिनर्जी एफ.एमको कार्यक्रम नयाँ विकल्पमा कुराकानी गर्दै उहाँले आफ्नो घरमा भाडा रहेको ३ ओटा कोठाको ३  महिना को भाडा नलिने बताउनु भएको हो ।

रत्ननगर नगरपालिकाको गेट छेउमानै रहेको उहाँको घरमा तिन कोठा मध्ये एउटा कोठामा सहकारी संस्था, २ वटा कोठामा पुस्तक पसल रहेकोछ । रेग्मीले भन्नु भयो – ‘सरकारले समेत कम्तिमा पनि एक महिनाको घर भाडा छुट गर्न अनुरोध गरेको छ । हामीले पनि संघ बाट सबैलाई अनुरोध गरेका छौ । दायीत्व सम्झिएर घर भाडा छुट गरेको हुँ ।’

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासले सारा जनता अर्थिक समस्यामा भएको वेला सरकारको यो निर्णयलाई सहयोग गर्न आफ्नै घर बाट यो अभियान सुरु गरेको बताउनु भयो । यो अभियानमा सबैलाई सहयोग गर्दिन समेत अनुरोध गनुभयो ।
उहाँले कार्यक्रममा अहिलेको अवस्थामा व्यवसायीहरुलाई सरकारले व्याज छुट र राहतका प्याकेज ल्याएर सहयोग गर्न समेत अनुरोध गनुभएको छ ।