दावा दोर्जेलामाले गरे धान रोप्ने मेसिनको उद्घाटन [फोटो फिचर ]

दावा दोर्जेलामाले गरे धान रोप्ने मेसिनको उद्घाटन [फोटो फिचर ]

१७ औं राष्ट्रिय धान दिवसको अवसरमा माडीमा धुमधामका साथ् धान दिवस मनाइएको छ।”धान उत्पादनमा वृद्धि: आत्मनिर्भर र समृद्धि” भन्ने मुल नाराका साथ माडी नगरपालिका ८ स्थित कान्तिपुरमा धान दिवस तथा रोपाइँ महोत्सब मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले माडी धानको लागि प्रख्यात क्षेत्र भएको बताउदै माडीमा अब हाते मेसिनहरुबाट कृषि पेशालाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो।

उहाले अब पुरानो तरिकाबाट खेति गर्न समस्या रहेको बताउदै समयानुकुल परिवर्तन भै आधुनिक मेसिनको प्रयोग गरि कृषिबाट मनग्य आम्दानि गर्न प्रदेश सरकारले बजेट छुट्ट्याएको बताउनुभयो। कृषिका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको बताउदै माडीमा पनि प्रदेश सरकारबाट अनुदानमा विभिन्न कार्यक्रम भैरहेको बताउनुभयो। सोहि अवसरमा कृषिमन्त्री लामाले माडीमा पहिलो पटक मेसिनको प्रयोग गरी धान रोपाईंको उद्घाटन गर्नुभयो ।कान्तिपुरमा १ सय विघा जमिनलाई चक्लाबन्दी गरेर गतवर्षदेखि सूर्योदय कृषि सहकारीमार्फत सामूहिक खेती सुरु भएको थियो । जसमध्ये २५ विघामा माछापालन छ भने बाँकी ७५ विघामा यो वर्ष धान खेती हुँदै छ ।

संस्थाले सुरुवात गरेको सामुहिक खेतीको कार्यलाई प्रदेश सरकारले समेत बिभिन्न बिषय र शीर्षकमा आर्थिक अनुदान तथा मेशिनरी सहयोग प्रदान गर्दै अfइरहेको छ । कृषि ज्ञान केन्द्र चितवनले उक्त सहकारीलाई अनुदान सहयोगमा धान रोप्ने मेसिन प्रदान गरेको हो ।कार्यक्रममा चितवनका प्रदेश सांसदद्वय घनश्याम दाहाल र रामलाल महतोको बिशेष उपस्थिति रहेको थियो।

त्यसै गरि अन्य अतिथिहरुमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई,जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी,चितवनका प्रहरी प्रमुख नान्तिराज गुरुङ,कृषि ज्ञान चितवनका प्रमुख राजन ढकाल, माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाल,माडी नगरपालिकाकी नगर उपप्रमुख ताराकुमारी काजी महतो लगायतका अतिथि रहनु भएको थियो भने कार्यक्रम बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर योगेन्द्र कुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।