चितवनमा थप २ जनामा कोरोना पुष्टि

चितवनमा थप २ जनामा कोरोना पुष्टि

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरियको परिक्षणमा थप २ जनामा कोरोना पुष्टि भयको छ । शुक्रबार १ सय ९ जनामा गरियको परिक्षणमा २ जनामा कोरोना पुष्टि भयको अस्पताल स्रोतले जानकारि दियको छ । राप्ति नगरपालिका ५ बस्ने बर्ष ४० का पुरुष र भरतपुर महानगरपालिका १३ बस्ने बर्ष २७ का पुरुषमा संक्रमण पुष्टि भयको हो । आज राप्ति नगरपालिकाबाट २६, भरतपुर महानगरपालिका बाट १५ , बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालबाट ३० यसैगरि भरतपुर अस्पतालका १४ , चितवन मेडिकल कलेजका ८ , सिओएमएसका १३, सेन्ट्रल हस्पिटलबाट १ , नारायणि सामपदायिक हस्पिटलबाट १ र पाल्पाको १ जनाको गरि १०९ जनाको आरटिपिसिआर बिधिबाट नमुना परिक्षण गरियको थियो । यो संगै चितवनमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।