स्पाउज क्लबद्वारा खाद्यान्न वितरण

स्पाउज क्लबद्वारा खाद्यान्न वितरण

कालिका नगरपालिका–१०, शेरेबाङ ।
२०७७ असार १२ गते शुक्रबार ।
स्पाउज क्लब अफ नारायणगढ रोटरी क्लबले आज एक कार्यक्रम बिच कालिका नगरपालिकाको वडा नं. १० मा अवस्थित शेरेबाङका ३० चेपाङ घरधुरीका लागि दैनिक आवश्यक खाद्यान्न सामग्रीहरू वितरण गरेको छ । नारायणगढ रोटरी क्लबका अध्यक्ष सुसनलाल प्रधान र गामबेसी चेपाङ संरक्षण केन्द्रका संरक्षक केपी किरण शर्माको विशेष उपस्थितीमा क्लबका अध्यक्ष शान्ति उपाध्याय पौडेलले उक्त समुदायलाई चामल ६६० केजी, तेल ३० लिटर, नुन ३० केजी, सोयाबिन १३० पोका, दाल ६० केजी गरी करिब पचास हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग प्रदान गर्नुभएको थियो । 
समाजसेवामा निरन्तर समर्पित स्वार्थ भन्दा माथी सेवाको भावनाले अभिप्रेरित रोटरी अन्तर्राष्ट्रियको भगिनी संस्था नारायणगढ रोटरी क्लबद्वारा स्थापना गरिएको स्पाउज क्लबले विश्वभर माहामारीको रूपमा पैmलिरहेको कोरोना र यसले सिर्जना गरेको कठिन परिस्थितीमा उक्त स्थानका दैनिक ज्यालादारी गरी परिवार पाल्नुपर्ने मजदुरहरूको दयनीय अवस्थालाई मध्येनजर गरी खाद्यान्न वितरण गरिएको स्पाउज क्लबका अध्यक्ष शान्ति उपाध्यायले बताउनुभयो । कोरोनाको प्रभावका कारण खाद्यान्न समस्या भोगिरहेका चेपाङ समुदायलाई केही दिनकालागि भनेपनि राहत पुग्ने भएकोले आज खाद्यान्न वितरण गरिएको नारायणगढ रोटरी क्लबका अध्यक्ष सुसनलाल प्रधानले बताउनुभयो । आप्mनो दैनिक खर्चलाई कम गरेर भएपनि सदस्यहरूबाट रकम संकलन गरी राहत वितरणको लागि सहयोग जुटेको कार्यक्रम संयोजक सम्झना प्रधान तथा सह–संयोजक इन्दु श्रेष्ठले बताए ।
नारायणगढ रोटरी क्लबले विगत केहि वर्षदेखि चेपाङ समुदायको जीवनस्तर उकास्न चेपाङ जातीहरू बसोबास गर्ने विभिन्न ग्रामीण भेगहरूमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा योगदान पु¥याउँदै आइरहेको गामबेसी संरक्षण केन्द्रका संरक्षक केपी किरण शर्माले बताए । त्यसैगरी लकडाउनको अवस्थामा समेत अति विपन्न चेपाङ परिवारहरूको खाद्यान्न संकट टार्नका लागि गत जेष्ठ २२ गते मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका, वडा नं ५ का ४० घर परिवारलाई राहत वितरण गरेको शर्माले स्मरण गर्नुभयो । 
सो राहत वितरण कार्यक्रममा स्पाउज क्लबका उपाध्यक्ष मनसा थैव, सदस्यहरू पूर्णिमा श्रेष्ठ, सुरक्षा श्रेष्ठ, प्रविणा श्रेष्ठ, बन्दना पिया, निलिमा प्रधान, निरा श्रेष्ठ, दुर्गा श्रेष्ठ, भगवती लामिछाने, सरिता खनाल, राजकुमारी श्रेष्ठ, शान्ति श्रेष्ठ, विनिता नेपाल, नारायणगढ रोटरी क्लबका निवर्तमान अध्यक्ष रमेश पौडेल, पूर्व अध्यक्षहरू रोहितकुमार श्रेष्ठ, सुमनकुमार श्रेष्ठ, रमेश श्रेष्ठ लगायत एनेट स्वस्तिका पौडेलको उपस्तिथी रहेको थियो ।