देबघाट र चितवनका १/१ सहित थप ५ जनामा कोरोना पुष्टि

देबघाट र चितवनका १/१ सहित थप ५ जनामा कोरोना पुष्टि

भरतपुर कोभिड 19 प्रयोगशालामा गरियको परिक्षणमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भयको छ । असार ९ गते आरटिपिसिआर बिधिबाट १२१ जनामा कोरोना परिक्षण गर्दा ५ जनामा कोरोना सक्रमण पुष्टि भयको अस्पतालले जनायको छ ।

भरतपुर अस्पतालका १२ , चितवन मेडिकल कलेजका ७, बिनयत्रिबेणि गांउपालिकाका १५ , भरतपुर महानगरपालिकाका १३ , नारायणि सामुदायिक अस्पतालका १ , खैरहनि नगरपालिकाका ४ यस्तै सियमएसका ४ , गैडाकोटका २०, बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका १९, कालिका नगरपालिकाका २० र देबघाट गांउपालिकाबाट ६ जना गरि जम्मा १२१ जनाको कोरोना परिक्षण गरेकोमा देबघाट ५ बस्ने २३ बर्षका पुरुष , गैडाकोट १ नवलपुर बस्ने ३३ र ५१ बर्षिय महिला , गैडाकोट १२ नवलपुर बस्ने बर्ष ५६ कि महिला र कालिका ३ चितवन बस्ने ३९ बर्षिय पुरुषगरि जम्मा ५ जनामा कोरोना संक्रमण पुष्टि भयको छ ।

यसअंघि हिजोमात्रै भरतपुर अस्पतालबाट २२ जना कोरोना संक्रमितहरु उपचार पछि निको भयर डिस्चार्ज भयका थिय ।