माडीका ६ सहित २२ जना डिस्चार्ज

माडीका ६ सहित २२ जना डिस्चार्ज

कोरोना संक्रमण पुष्टि भई भरतपुर अस्पतालमा उपचार गराईरहेको २२ जना आज डिस्चार्ज भयका छन् । डिस्चार्ज हुनेहरुमा माडी नगरपालिकाका ६ जना , कालिका नगरपालिकाका १ जना , भरतपुर महानगरपालिकाका , ११ जना यस्तै कपीलबस्तुका १ जना , नवलपरासिका १ जना र नवलपुरका २ जना गरि आज एकै साथ २२ जनालाई डिस्चार्ज गरियको अस्पताल स्रोतले जानकारि दियको छ ।

डिस्चार्ज भयकाहरुलाई १४ दिन होम क्वारिनटिनमा बस्ने सर्तमा सम्बन्धित निकायका स्थानिय तहका जनप्रतिनिधि , स्वास्थ्य संयोजक तथा अभिभाबकको जिम्मालगाईयको अस्पतालका मेसु डा. श्रीराम तिवारीले जानकारि दिनुभयको छ ।

यस्तै डिस्चार्ज भयका आफ्ना नागरिकलिन माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकाल अस्पताल परिसरमै पुग्नु भयको थियो ।

अस्पताल पुग्नुभयका प्रमुख ढकालले बिरामिहरुलाई बधाई दिदै थप १४ दिन क्वारिनटिनमा बस्नुपर्ने परमर्श दिनुभयको थियो । यसैबिच आज नेपालमा थप ५३८ जनामा कोरोना पुष्टि भयको छ यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ यस्तै आज थप एकजनाको मुत्’यु भयको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गर्नुभयको छ यो संगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेका संख्या २४ पुगेको छ ।