छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृ’त्’यु

छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृ’त्’यु

पाल्पामा पहिरोले पुरिदा ३ जनाको मृ’त्’यु भयको छ । पहिरोले तानसेन ११ मा पर्ने पाल्पा रिडि सडकखण्डमा आज सांझ ४ वटा सवारि पुरेको थियो । ट्यांकर , बोलेरो जिप , मिनि ट्रक र एउटा कार गरि ४ वटा सवारि पुरेको थियो । जसमा यात्रारत २जनाको घटनास्थलमै र बांकि १ जनाको उपचारको क्रममा तानसेनको युनाईटेड मिसन अस्पतालमा मृ’त्यु भयको ट्राफिक प्रहरिकार्यलय बुटवलका सुचना अधिकारि डिल्लिनारायण पान्डेले जानकारि दिनुभयको छ ।

मृतकहरुको परिचय खुल्न बांकि रहेको छ । पहिरो गयपछि सडक अबरुद्ध भयपछि सवारिहरु रोकियर बसेकै ठांउमा पहिरो गयको थियो । रातभरि लगातारको बर्षाले उक्त स्थानमा सवारि साधन चलेका थियनन् ।

यसै बिच उता

बारामा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा २ जनाको घटनास्थलमै मृत्यु भयको छ । बाराको बगेंरि पुल नजिकै ट्रकले मोटरसाईकललाई ठक्कर दियको थियो । मृत्यु हुनेमा निजगढ १० का ३४ बर्षिय डम्बर लामा र सोहि ठांउका ४० बर्षिय रामबहादुर मोक्तान रहेको प्रहरिले जनायको छ । दुर्घटनामा परि लामाको घटनास्थलमै मृत्यु भयको थियो भने मोक्तानलाई उपचारको क्रममा अस्पताल लैजादै गर्दा बाटोमा नै ज्यान गयको बाराका प्रहरि निरिक्षक रुद्र कडेलले जानकारि दिनु भयको छ ।

यसै बिच एता

चितवनमा आज बिहान करिब १ बजे मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भयको छ । चितवनको कालिका नगरपालिका ६ स्थित भित्रि सडकखण्मा सो दुर्घटना भयको थियो । दुर्घटनामा परि मृत्यु हुनेमा कालिका नगरपालिका ४ का २७ बर्षिय राम महतो रहेका छन् । उनको उपचारको क्रममा बिहान गरिब ३ बजेतिर भरतपुर अस्पतालमा मृत्यु भयको हो । उनि सवार प्रदेश ३-०३-००२ प २०२३ नम्बरको पल्सर मोटरसाईकल पानि पास गर्ने कल्भर्टमा खसेको स्थानियले बतायका छन् ।