सुनको मुल्य निरन्तर उकालो लाग्दै , आजको मुल्य अहिले सम्मकै उच्च

सुनको मुल्य निरन्तर उकालो लाग्दै , आजको मुल्य अहिले सम्मकै उच्च

।सुनको मुल्य निरन्तर उकालो लाग्दै आज अहिले समम्मकै उच्च बिन्दमा पुगेको छ । आज सुनको मुल्य तोलाको ९१ हजारमा कारोबार भईरहेको नेपाल सुनचांदि ब्याबसायि महासंघले जनायको छ ।

आईताबार तोलाको ९० हजार ६ सयमा कारोबार भयको सुन आज एकै दिन ४ सयले बढेर प्रतितोला ९१ हजार कायम भयको छ । यस्तै तेजाबि सुन भने तोलाको ९० हजार ५ सय ६५ मा कोरोबार भईरहेको छ । यस्तै चांदि भने तोलाको ९ सय ५० रुपैयामा कारोबार भईरहेको छ । आइताबारको तुलनामा सोमबार चांदिको मुल्य पनि तोलामा १० रुपैयाले बढेको हो ।

यो पनि पढ्नुहोस

पहिरोको कारण गोह्रुसिंगे सन्धिखर्क सडकखण्ड अबरुद्द भयको छ । चार दिन देखि अबरुद्द सडक अजै संचालनमा आउन सकेको छैन । पहिरो पन्छाउने काम भईरहेपनि निरन्तरको बर्षाले समस्या भयको प्रहरिले जनायको छ ।

करिब १ सय मिटर माथिबाट खसेको पहिरोले सडक अबरुद्ध भयको हो । दुईवटा स्काभेटरले पहिरो पन्छाउने काम भईरहेको प्रमुख जिल्ला अधिकारिले जानकारि दिनुभयो। पहिरो पन्छाउन अझै केहि समय लाग्ने छ ।

जिल्लाको मुख्य सडकनै अबरुद्ध भयपछि अतिआबाश्यक एम्बुलेन्स पनि आवात जावात गर्न समस्या भयको छ ।

यसै बिच उता हेटौडा कुलेखाने सडक खण्डमा सोमबार पहिरो जांदा सडक अबरुद्ध भयको छ । सडकखण्डको भिमफेदि गांउपालिका अन्तर्गतकाे जुरिखेत र ईन्द्रसरोबर गांउपालिकाको हेभिमा आज बिहान पहिरो गयको हो । पहिरो हटाउने काम भईरहेको छ । दिउसो २ बजे पछि सडक संचालनमा आउने प्रहरिले जानकारि दियको छ ।