निमोनिया बाट कसरि बच्ने

निमोनिया बाट कसरि बच्ने

– सामान्यतया फोक्सोमा हुने संक्रमणलाई निमोनिया भन्ने गरिन्छ । जसमा फोक्सोमा रहेको हावा भरिने थैलिहरुमा संक्रमण भयमा पिप र पानि जम्मा हुन्छ । यसको अर्थ निमोनियाको प्रमुख कारण संक्रमण नै हो ।

बिभिन्न बिषाणु , जिवाणु , ढुसि र कहिलेकांहि तरल पदार्थ त कहिले कांहि खुनेकुरा फोक्सोमा पुगेर संक्रमण हुने गर्दछ । बालबालिकामा सबै भन्दा बढि निमोनियाले नै ग्रसित हुन्छ । पहिले पहिले बालबालिकामा मात्रै हुने मानियको निमोनियाले आज भोलि बृद्द बृद्दाहरुलाई पनि सताउने गरेको छ । अज आजभोलि त बच्चाहरु जन्मजात नै निमोनिया लियर आउने गर्द्छन् । बालबालिका र बुढाबुढिमा रोगसंग लड्ने क्षमता कम हुने हुंदा पनि यसको असर बालबलिका र बुढाबुढिमा बढि देखिन्छ ।

एक तथ्यंकका अनुसार गत बर्ष मात्रै संसारभर ५ बर्ष भन्दा मुनिका ८ लाख बालबालिकाले ज्यान गुमाय । बालबालिकामा हुने मृत्युको १६ प्रतिशत हिस्सा निमोनियाले ओगटेको तथ्यंकले देखायको छ । बिगत १० बर्ष देखि संसारभर नोभेम्बर १२ तारिखका दिन विश्व निमोनिया दिबश मनाईदै आयको छ । कसरि चिन्ने त निमोनिया केहि लक्षणहरु तल दियका छन् ।

– निमोनियाका लक्षणहरु

– १. खोकि लाग्नु –

२, श्वासप्रश्वाको गति बढ्नु –

३. श्वास फेर्न कठिन हुनु –

४. स साना बालबालिकाले आमाको दुध चुस्न नसक्नु –

५. गम्भिर संक्रमण भयमा बालबालिका बेहोस हुने – शरिरमा तापक्रम कम हुने –

•- निमोनियाबाट बच्ने र बचाउने उपाय

1. बच्चालाई ६ महिना सम्म आमाको दुध मात्र खुवाउने

2. बच्चालाई समात्नु अंघि साबुनपानिले नियमित हात धुने

3. बालबाल्काहरुलाई धुलो धुवा र चिसोबाट जोगाउने

4. ब्यक्तिगत र बाताबरण्य सरसफाईमा ध्यान दिने

5. सुरक्षित गर्भजांच र प्रसुति सेवामा ध्यान दिने