जनकल्याण माबिका बिध्यार्थीलाई रेडियो बितरण

जनकल्याण माबिका बिध्यार्थीलाई रेडियो बितरण

।।जनकल्याण मावीले निम्न आय भयका आफ्ना बिध्यार्थिहरुलाई रेडियो बितरण गरेको छ । बिहिबार बिध्यालय परिसरमा एक कार्यक्रमका बिच बिध्यार्थीका अभिभाबकलााई रेडियो बितरण गरियको हो । कोरोनाको कारण चैत देखि नै शम्पुर्ण शैक्षिक संश्थाहरु बन्द रहेका छन् । कारोना त्रास अझै केहि समय रहने र शैक्षिकसत्र प्रभाबित हुनेभयपछि सरकारले अनलाईन कक्षा संचालन गर्न निर्देशन दियको छ सोहि अनुरुप माडि नगरपालिकाले पनि स्थानिय ३ वटा रेडियोबाट पठनपाठन गराउदै आयको छ। निम्न आय भयका र घरमा रेडियो नभयका बिध्यार्थिहरुलाई रेडियो बितरण गरियको बिध्यालयका प्रधानाध्यापक रामबहादुर जिसिले जानकारि दिनुभयको छ । कतिपय बिध्यार्थिको घरमा रेडियो पनि छैन भन्ने जानकारि आयपछि बिध्यालका अक्ष्यकोषको ब्याजबाट रेडियो खरिद गरि बिध्यार्थिहरुलाई बितरण गरियको हो ।

यसैबिच

जनकल्याण माविको क्वारिनटिनमा स्वर्गिय हरि सुबेदिको स्मृतिमा उहाको परिवारको तर्फबाट बिहिबार ६ हजार बराबरको खाध्यन्न र सरसफाई सामाग्रि हस्तान्तरण गरियको छ । अन्य ठांउमा बस्ति वरपर क्वारिनटिन बनाउदा सक्रमण फैलने भन्दै बिरोध भइरहेको अबस्थामा माडीमा रहेका क्वारिनटिनमा भने स्थानियले स्वतस्फुर्त रुपमा सहयोग गर्दै आयका छन् । यस्तै बिहिबार पनि सहयोग आउने क्रम जारि नै रह्यो बिहिबार डिल बहादुर जिशिबाट १ हजार नगद र २ किलो खुर्सानि प्याज १ केजि र हरियो बोडि ५ किलो , स्थानिय फडिन्द्र पाठक बाट हरियो तरकारि १५ किलो र बुद्दिमांया तमांगको तर्फबाट झन्डै ९ किलो हरियो तरकारि सहयोग स्वरुप प्रदान भयको क्वारिनटिनमा ब्याबस्थापनिमा खटिनुभयका टेकनारायण पाठकले जानकारि दिनुभयको छ ।