मरेको तुलसीको बोट घरमा राख्नु अशुभ । फ्याक्नु भन्दा बगाउनु ठिक

मरेको तुलसीको बोट घरमा राख्नु अशुभ । फ्याक्नु भन्दा बगाउनु ठिक

तुलसिलाई हिन्दु धर्म र धर्मशास्त्रमा भगवानको दर्जा दिईयको छ । धर्मशास्त्र अनुसार पनि तुलसिलाई निकै पबित्र मानिन्छ । घरमा तुलसि रोप्नले वरपरको बाताबरण शुद्द बनाउछ भन्ने परम्परा रहिआयको छ । हिन्दुधर्मालम्बिहरले घर अगाडि तुलसि अनिबार्य रोप्ने गर्दछन् । अज घरको पुर्वपट्टि तुलसि रोप्ने निकै शुभ मानिन्छ ।

घरका सदस्यको मृत्यु भय लगत्तै घरबाहिर तुलसिको मठमा लगेर सुताउने चलन रहेको छ । हिन्दु धर्मअनुसार तुलसिको मठमा दिनहु पानि चढायमा बैकुन्ठको बास हुने प्रचलन पनि रहिआयको छ । घरमा तुलसिको बिरुवा रोप्नाले सकरात्मक भावना सृजनाहुने जनविश्वास रहेको छ । आइताबार , एकादशि र सुर्य वा चन्द्रग्रहण लागेको बेला तुलसिलाई छुनु हुदैन यस्तै सुर्यस्त भयपछि पनि तुलसिको पात चुड्नु वा छुनु हुदैन । सुकेको तुलसिको बोटलाई घरमा राख्नु हुदैन त्यसलाई अशुभ मानिन्छ यस्तै मरेको तुलसिको बोटलाई जथाभाबि फ्याक्नु हुदैन त्यसलाई नदिमा बगाउनुपर्छ र अर्को बिरुवा तुरुन्तै रोप्नुपर्छ ।

तुलसि रोप्नलाई हरिशयनि एकादशि सबै भन्दा शुभ मानिन्छ । तुलसिलाई भगवान बिष्णुका अवतारको रुपमा पुजा गरिन्छ । तुलसिपत्रको सेवनबाट धेरै स्वास्थ्यलाभ लिन सकिन्छ केहि तल दियका छन् ।

तुलसि पत्रको सेवनबाट हुने फाईदाहरु

* तुलसिको पात थिचेर रस बनायर बनायर सेबन गरेमा कडा रुघा खोकि ज्वरोका बिरामिलाई औषधि सरहको काम गर्छ

* टाइफाईट भयका बिरामिले प्रत्येक २/४ घन्टामा तुलसि पत्रको रेस सेवन गरेमा रोगको प्रकोपबाट बच्न सघाउ पुर्याउछ ।

* आयुर्बेदिक औषधिहरुको निर्मणमा पनि तुलसिपत्रको प्रयोग गरिन्छ । दम क्षयरोग को लागि तुलसिपत्र लाभदायक ठानियको छ ।

* बिषालु किरा फट्यांग्राले टोकेको ठाउमा तुलसिको पात जरा र कान्ड मिसायर लेपन बनायर लगायमा बिषको फैलावट धेरै हदसम्म रोक्न सकिन्छ

* तुलसिको तेलबाट भिटामिन सि , प्रोटिन र फस्फोरस प्राप्त गर्न सकिन्छ

* तुलसिको प्रयोगले पाचन प्रकृयालाई पनि नियमित र बलियो बनाउन मदत गर्छ भने मधुमेहका बिरामिलाई तुलसि सेबन निकै फलदायि मानिन्छ ।

* तुलसिको नियमित प्रयोग गर्नाले हाम्रो स्वास्थ्य र सैन्दर्यलाई सुन्तुलित र चमकदार बनाउन सघाउ पुर्याउछ ।

* तुलसिको सेवन गर्दा फाइदा संगै यसका केहि बेफाईदा पनि छन् , तुलसिमा उष्मता हुने हुंदा पुरुषहरुले दिनमा १०/१२ वचा भन्दा बढि तुलसिपत्रको सेवन गर्नु हुदैन , यस्तै महिलाले पनि दिनमा ५/७ वटा भन्दा बढि प्रयोग गर्नु स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानियको छ ।

* दुधको तर वा दहिसंग तुलसिपत्रको सेवनगर्नाले यसको प्रभाब सन्तुलित हुन पुग्छ ।

* अर्थराईटिस , एलर्जी , मधुमेह , मेलिग्रोमका बिरामिहरुलाई लाभदायक हुन्छ तर गर्भवतिमहिलाले भने यसको प्रयोग गर्नु नै हुदैन ।

* महिलाको स्तनमा गांठागुठि पलायपनि यसको प्रयोग गर्नु लाभदायि मानिन्छ *