खैरहनी र गैडाकोटका दुई जनामा कोरोना पुष्टि

खैरहनी र गैडाकोटका दुई जनामा कोरोना  पुष्टि

बुधबार भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरियको परिक्षणमा थप जनामा कोरोना संक्रमण पुष्टि भयको छ । खैरहनि नगरपालिका ११ बस्ने २२ बर्षका पुरुष र गैडाकोट नगरपालिका १३ बस्ने २८ बर्षका पुरुषमा संक्रमण पुष्टि भयको भरतपुर अस्पतालले एक सुचना मार्फत जानकारि गरायको छ । उनिहरुमा पिसिआर बिधिमार्फत परिक्षण गरियको थियो । २१० जनाको पिसिआर बिधिबाट परिक्षण गरियकोमा अन्य २०८ जनाको भने रिपोर्ट नेगेटिभ आयको छ । हाल उनिहरु दुबैको अबस्था सामान्य रहेको छ । उनिहरु चिकित्सकको निगरानिमा रहेको छन् ।

आज अर्घाखांचिका ६६, भरतपुर अस्पतालका ३३, बिपि कोईराला क्यान्सर अस्पतालका ३४, सियमसिका ४ , गुन्जमान अस्पतालका ८ , भरतपुर महानगरपालिकाका १० यस्तै गैडाकोट नगरपालिकाका ३१, खैरहनि नगरपालिकाका १६ गरि जम्मा २१० जनाको परिक्षण भयकोमा २ जनामा संक्रमण पुष्टि भयको छ । यसको मन्त्रालयले पुष्टि गर्न भने बांकि रहेको छ । नेपालमा कोरना संक्रमितको संख्या ७ हजार भन्दा माथि पुगेको छ भने २० जनाको मृत्यु भयको मन्त्रालयले पुष्टि गरेको छ ।