क्यान्सर अस्पतालमा कुरुवाको बिचल्लि

क्यान्सर अस्पतालमा कुरुवाको बिचल्लि

कोरोनाका त्रासले होटलहरुले नियमित सेवा नदिदा क्यान्सर अस्पतालमा आउने बिरामि र कुरवाले सास्थि भोग्नु परेको छ । वरपरका सबै होटल बन्द भयपछि अस्पतालको कुरुवा घर समेत भरियको छ ।

क्यान्सर अस्पतालको कुरुवा घरमा अहिले १०० जना रहेका छन् जसमा ३४ जना अटाउने क्षमता रहे पनि अहिले सबै जना कोचियर बसिरहेका छन् । अधिकांश बिरामि र तिनका कुरुवाहरुले अस्पतालकै परिसरमा पकाउने खाने र बरन्डा र प्यासेजमा सुतेर रात कटाउदै आयका छन् ।

यस्तै माडीको सोमेश्वर माध्यमिक बिधालयमा रहेका ६४ जनालाई आज घर पठाईयको छ । एक हप्ता घरमै होम क्वारिनटिनमा बस्ने सर्तमा उनिहरुलाइ घर पठाईएको वडा अध्यक्ष कृष्ण पौडेलले जानकारि दिनुभयको छ । उनिहरुलाई सुनौलि नाकाबाट उद्दार गरि ल्याइयको थियो ।

७० जनालाई उद्दार गरि ल्याइएकोमा स्वाव संकलन गरि परिक्षणको लागि भरतपुर पठाउदा ६ जनालाई भने सक्रमण पुष्टि भयको थियो बाकि ६४ जनाको भने रिपोर्ट नेगेटिभ आयपछि आज उनिहरुलाई डिस्चार्ज गरियको हो । संक्रमित ६ जनाको भने भरपुर अस्पतालमा उपचार भईरहेको छ । हाल उनिहरु सबैको अबस्था सामान्य रहेको छ ।