७२ घन्टामा निर्माण गरियको भरतपुर कोरोना विशेष अस्पताल बन्द

७२ घन्टामा निर्माण गरियको भरतपुर कोरोना विशेष अस्पताल बन्द

चिनियाशैलिमा ७२ घन्टामै निर्माण गरियको कोरोना बिशेष अस्पताल बन्द भयको छ ।

भरतपुर अस्पतालले आज एक बिज्ञप्ति नै जारि गरेर अस्पताल बन्द गरियको जनायको हो । बिज्ञप्तिमा भनियको छ –

“ बिश्वभरि महामारिको रुपमा फैलिरहेको कोभिड १९ संक्रमण नियन्त्रणमा भरतपुर अस्पताल चितवनको हव अस्पतालको रुपमा रहि कोभिड १९ संक्रमणको उपचार ब्याबस्थापन तथा निदानमा नेतृत्वदायि भुमिका निर्बाहा गरिरहेको छ । २०७६ माघ १७ गते डा. प्रमोद पौडेलको संयोजकत्वमा कोभिड १९ ब्याबस्थापन समिति निर्माण गरि आफ्ना गतिबिधिहरु सुरु गरेको यस अस्पतालले हाल सम्म ३६ जना बिरामिहरु ब्याबस्थापन गरिसकेको छ ।

हाल अस्पतालमा १० सैयाको कोभिड आइसियु सहित ७५ वटा आइसुलेसन बेड छ , जसका लागि अस्पताल ए ब्लकको भुइतला पुरै सिलगरि सुरक्षाका सबै प्रबन्धहरु मिलायको छ । जसमा सुबिधा सम्पनन क्याबिनहरु समेत बिरामिहरुले प्रयोग गरिरहेका छन् ।

भने बिरामि ल्याउने लैजाने बाटो समेत अलग्गै ब्याबस्थापन गरियको छ ।केहि समय देखि भरतपुर अस्पतालको ब्याबस्थापनमा रहेको कोरोना बिशेष अस्थाई अस्पतालले आफ्नो सेवा सुरु गरेयता कुशलता पुर्वक संकास्पद तथा संक्रमितहरुको ब्याबस्थापन गर्दै आयको थियो ।

हाल सम्म यस कोरोना बिशेष अस्थाई अस्पतालबाट ९ सय ५३ जना संकास्पद बिरामिको स्वाब संकलन गरि आरटिपिसिआर परिक्षणको लागि प्रयोगशाला पठायको थियो भने २८ जना कोभिड १९ पुष्टि भयका बिरामिको ब्याबस्थापन गरिसकेको छ ।

यस कोरोना बिशेष अस्थाई अस्पालबाट ४ जना कोभिड १९ का बिरामिहरु उपचार पस्चात घर फर्केका छन् । हाल यस कोरोना बिशेष अस्थाई अस्पतालबाट शनिबार र आइतबार गरि १८ जना पोजेटिभ बिरामिहरु भरतपुर अस्पतालमा स्थानान्तरण गरि उत्त कोरोना बिशेष अस्थाई अस्पताल बन्द गरियको छ । सुरक्षाको दृष्टिकोणबाट उक्त अस्पताललाई पुर्णरुपमा निर्मलिकरण गरिने छ ।

भरतपुर अस्पतालको ब्याबस्थापनमा रहेको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाले हाल सम्म चितवन लगायत नुवाकोट , अर्घाखाचि , सल्यान , कपिलबस्तु, मकवानपुर , नवलपराशि , नवलपुर आदि जिल्लाहरुबाट प्राप्त नमुनाहरु परिक्षण गरिरहको छ । पछिल्लो समय प्रयोगशाला बाट दैनिक ३०० भन्दा बढि नमुनाहरु परिक्षण भइरहेका छन् ।

हालसम्म यस प्रयोगशाला बाट ४ हजार ७ सय ७३ वटा नमुना परिक्षण भईसकेको छ । भरतपुर अस्पालको कोभिड आइसियुमा ११ चिवनका , ६८ बर्षिय पुरुषको निधन भयको छ । निजलाई कोभिड पुष्टि भयपछि नारायणी सामुदायिक अस्पलाको आईसियु बाट स्थानान्तरण गरियको थियो ।

त्यसै लन्डनबाट कतार हुदै चितवन आयका ६३बर्षिय महिला र २७ बर्षिय पुरष बैशाख ३ गते भरतपुरको आइसुलेसन क्याबिनमा भर्ना भई कोभिड १९ को संक्रमितहरुको उपचार प्रकृया सुरु गरियको थियो । भरतपुर १० स्थित चितवन प्रदर्शनि केन्द्रमा संचालन गरियको सो अस्पताल सुरुवात देखिनै बिबादमा आयको थियो । ,,

शौचालय निर्माणमा मात्रै २५ लाख खर्च भयको बिबरण बाहिरिय पछि यसको बारेमा टिकाटिप्पडि समेत भयको थियो । शौचालयको कान्ड सेलाउन नपाउदै केहिदिन अंघिमात्रै अस्पतालमा रहेका स्वास्थ्य सामाग्रि अस्पतालकै कर्मचारिले चोर्दै गरेको भिडियो बाहिरिय पछि यसले देशभर नै तरंग छायको थियो ।

सोहि घटनालाई लियर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले छापा मारेर अनुसन्धान समेत गरिरहेको छ ।