भरतपुर अस्पतालको आइसाेलेसनमा एकको मृत्यु,परिक्षणका लागि स्वाब पठाउने तयारी

भरतपुर अस्पतालको आइसाेलेसनमा एकको मृत्यु,परिक्षणका लागि स्वाब  पठाउने तयारी

भरतपुर अस्पतालको आइसाेलेसन कक्षमा आज बिहान एक पुरुषकाे ज्यान गएको छ । नवलपरासी ७ रामग्राम का ४८ बर्षिय पुरुषको आज बिहान ३ बजे मृत्यु भएकाे अस्पताल श्राेतले जानकारी दिएकाे छ । निमाेनियाबाट ग्रसित पुरुषको काेराेना परिक्षणका लागि स्वाब भरतपुर कोरोना (कोभिड १९) प्रयोगशालामा लगिएको छ ।पुरुषलाई लुम्बिनी अस्पतालले भरतपुर रेफर गरेकाे बताइएको छ ।राति १२ बजे अस्पताल आएका पुरुषलाई आइसाेलेसन कक्षमा राखेर उपचार गराईएकाे थियाे ।