हावाहुरिको बितन्डा : चितवन र गैडाकोटमा गरि ३ जनाको मृत्यु

हावाहुरिको बितन्डा : चितवन र गैडाकोटमा गरि ३ जनाको मृत्यु

साझ आएको हावाहुरी सहितको पानीले सडक छेउको रुख ढल्दा रुखले च्यापिएर चितवनमा एक जनाको मृत्यु भएको छ । रुखले च्याप्दा भरतपुर १२ का २९ बर्षीय रामबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । उनका अनुसार अन्य ४ जना घाइते छ्न् । उनिहरुको चितवन मेडिकल कलेजमा उपचार हुदैछ । कोइरालाका अनुसार उनीहरु भरतपुर-१ , आँपटारी–देवघाट क्षेत्र अन्तर्गतको भित्र सडक मर्मत गरिरहेकामजदुरहरु एक्कासि हावाहुरी सहित पानी परेपछि रोकि राखेको ना ३ त ३४२३ ट्याक्टर मा ओत लागि बसेका थिए । हावाहुरीले सालको रुख उनिहरु ओत लागेको ट्याक्टरमाथी ढलेको थियो । प्रहरीका अनुसार घाइते हुनेहरु मा भरतपुर १२ कै सुरेन्द्र विक, दिपक कुमाल , प्रदिप शर्मा , शम्भु खड्का छन् । उनी हरुको अवस्था भने सामान्य छ ।

यसै बीच उता

गैडाकोटमा कुखुराको खोर भत्किदा २ जनाको मृत्यु भएको छ ।आज साझ आएको हावाहुरी सहितको बर्षाले खोरमा दाना दिदै गर्दा गैडाकोट नगरपालिका ८ का ३५ बर्षिया काशिराम पौडेल र ४० बर्षिया सुर्य बहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गैडाकोटले जानकारी दिएको छ । साझ हावाहुरी चलिरहेको समयमा लोकल कुखुरालाई दाना दिने क्रममा कुखुराको खोरको भित्तो भत्किएर उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।