सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूलय बढेको छ।

आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ घटेको हो।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।