चितवनमा माओवादीलाई धक्का, जिल्ला र महानगर सहइन्चार्ज एमाले प्रवेश

चितवनमा माओवादीलाई धक्का, जिल्ला र महानगर सहइन्चार्ज एमाले प्रवेश

माओवादी केन्द्र चितवनका जिल्ला सहइन्चार्ज यम बहादुर परियार इन्द्रजित एमाले प्रवेश गरेका छन् ।

लामो समय माओवादीको चितवन जिल्ला नेतृत्व गरेका परियार आज (विहिबार) पार्टी कार्यालयमा आयोजित कार्यक्रम मार्फत उनि एमाले प्रवेश गरेका हुन् ।

परियार एमाले र माओवादी एकिकरण भएपछि बनेको नेकपाको पनि चितवन जिल्ला संयोजक भएर काम गर्नुभएको छ ।

परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका उहाँ एमाले प्रवेश गरेपछि प्रचण्डलाई समेत धक्का पुगेको छ ।

निर्वाचन नजिकिदै गरेको समयमा उहाँको एमाले प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उनिसंगै माओवादी केन्द्रका भरतपुर महानगर कमिटी सहइन्चार्ज अन्जन तिमिल्सेना पनि एमाले प्रवेश गरेका छन् ।

उनिहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।