२४ घण्टे अल्टिमेटम पछि काठमाडौं फनपार्कले महानगरलाई बुझायो १७ लाख ३७ हजार कर

२४ घण्टे अल्टिमेटम पछि काठमाडौं फनपार्कले महानगरलाई बुझायो १७ लाख ३७ हजार कर

भृकुटीमण्डपस्थित फनपार्कले काठमाडौं महानगरलाई कर बुझाएको छ।

काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले कर बुझाएको हो।

फनपार्क सञ्चालक र काठमाडौं महानगरपालिकाबीच बिहीबार छलफल पछि कर तिर्न सहमत भएको हो।

महानगरपालिका अन्तर्गत राजस्व विभागका प्रमुख डा‍. शिवराज अधिकारीका अनुसार फनपार्कका अधिकारीले कर बुझाएको जानकारी दिए।

उनले मनोरञ्जन करबापत १७ लाख ३७ हजार रुपैयाँ बुझाएको बताए।

बुधबार महानगरपालिकाले बाँकी रहेको कर २४ घन्टाभित्र तिर्न पत्र काटेको थियो।

उक्त पत्र बुझाउन महानगरले बुधबार नै कर्मचारी पठाएको थियो। तर, उक्त पत्र फनपार्कले लिन मानेन।

पत्र बुझ्न नमानेपछि महानगरपालिकाले बिहीबार दिउँसो पत्र टाँस्ने र त्यसपछि पनि अटेरी गरे सिलबन्दी गर्ने चेतावनी दिएको थियो।