खोलासँगै बगेको लेदोले नारायणघाट मुग्लिन सडक अवरुद्ध

खोलासँगै बगेको लेदोले नारायणघाट मुग्लिन सडक अवरुद्ध

खोलासँगै बगेको लेदोले नारायणघाट मुग्लिन सडक अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका- २९ केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

वर्षाका कारण बिहान करिब ६ बजेतिरबाट सडक अवरुद्ध भएको छ।

पहिरो खसेर दुईतर्फी बाटो बन्द हुँदा सवारी जाममा परेका छन् ।

पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए।