‘गाली गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गरिनेछ ” हर्क साम्पाङ ”

‘गाली गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गरिनेछ ” हर्क साम्पाङ ”

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । बिहीबार बिहान उनले फेसबुकमार्फत् गाली गलौज गर्नेलाई पत्ता लगाइ पक्राउ पूर्जी जारी गरिने चेतावनी दिउका हुन् ।

‘गाली गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गरिनेछ ! अनि मानहानी र गाली बेइज्यतीको मुद्दा चलाइनेछ,’ प्रमुख साम्पाङले भनेका छन्,’ यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नू !’

उनले लोकतन्त्रमा विरोध गर्न पाइने तर, तर्कसहितको विरोध र बहसलाई स्वीकार गरेर धन्यवाद दिँदै आएको स्मरण गराएका छन् । तल्लो स्तरको शब्द प्रयोग गरेर गाली गर्ने छुट कसैलाई नभएको उनको भनाइ छ । उनले लेखेका छन्,’ पत्ता लगाएर जेल हाल्न नपरोस !’