गएराति भएका सडक दुर्घटनामा काठमाण्डौ र दाङमा दुई/दुई जनाको ज्यान गयाे

गएराति भएका सडक दुर्घटनामा काठमाण्डौ र दाङमा दुई/दुई जनाको ज्यान गयाे

गएराति फरक सडक दुर्घटनामा काठमाण्डौमा दुई जना र दाङमा दुई जनाको ज्यान गएको छ । काठमाण्डौको कपनमा बा ६४ प १३९६ नम्बरको मोटरसाइकललले पैदलयात्रीलाई ठक्कर दिएर भएको दुर्घटनमा मोटरसाइकल चालक र पैदलयात्री दुवैको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा मोटरसाइकल चालक ओखलढुंगा घर भइ आरुबारी बस्दै आएका शिवराज कार्की र पैदलयात्री कपन बस्ने ओखलढुंगाकै हर्कपुरका दुर्गाबहादुर कार्की रहेका छन् ।

 यस्तै दाङमा छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

घोराही–धारापानी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट घोराही नगरपालिका वडा नम्बर १५ अजय चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

चौधरीलाई अटोमा चढ्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो ।

त्यस्तै गढवा गाउँपालिका वडा नमबर २ मा कार र मोटरसाइकल एकआपसमा ठोक्किंदा राप्ती गाउँपालिका वडा नम्बर ७ बस्ने १० बर्षकी सन्ध्या चौधरीको ज्यान गएको हो ।