रुसको आक्रमणबाट युक्रेनको उत्तर–पूर्वी सहरमा ७० युक्रेनी सैनिकको ज्यान गयो

रुसको आक्रमणबाट युक्रेनको उत्तर–पूर्वी सहरमा ७० युक्रेनी सैनिकको ज्यान गयो

रुसको आक्रमणबाट युक्रेनको उत्तर–पूर्वी सहर ओख्तिर्कामा ७० युक्रेनी सैनिकको ज्यान गएको छ ।

रुसी तोपले युक्रेनका सेनाको एउटा युनिट नै ध्वस्त पारेको बीबीसीले  जनाएको छ ।

उद्दारकर्ता तथा स्वयम्सेवकहरुले भग्नावशेषबाट शव निकाल्ने प्रयास गरिरहेका छन् ।

ज्यान गुमाएका ७० सैनिकको अन्त्येष्टिका लागि चिहान बनाउने तयारी भइरहेको स्थानीय अधिकारीलाई उदृत गर्दै खबरमा उल्लेख गरिएको छ ।

रुसले आज पनि युक्रेनमा आक्रमणलाई निरन्तरता दिएको छ ।

रुसी सेनाले युक्रेनी नागरिकलाई समेत निसाना बनाइरहेका युक्रेनी सेनाले जनाएको छ ।

यस्तै, रुसले ठूलो मात्रामा हातहतियारसहित आफ्ना बख्तरबन्द गाडीहरु युक्रेनको राजाधानी किएभतर्फ पठाएको छ ।

रुसी बख्तरबन्द गाडीको लाइन ४० माइल अर्थात ६४ किलोमिटर भन्दा लामो रहेको जनाइएको छ ।

यस्तै रुसले आफ्नो स्थल सैनिक र लडाकु हेलिकप्टर बेलारुसको दक्षिणी क्षेत्रमा तैनाथ गरेको पनि नयाँ तस्बिरमा देखिएको बीबीसीले जनाएको छ ।