नेपालले एमसीसी सम्झाैता अनुमो्दन गरेकाेमा अमेरिकाद्वारा खुसी व्यक्त

नेपालले एमसीसी सम्झाैता अनुमो्दन गरेकाेमा अमेरिकाद्वारा खुसी व्यक्त

संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमो्दन भएपछि अमेरिकाले खुसी व्यक्त गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालले एमसीसी पास गरेकोमा खुशी व्यक्त गरेको हो ।

अमेरिकी दूतावासले विज्ञप्ति निकालेर अब कार्यान्वयनको दिशामा अघि बढेको जनाएको छ ।विज्ञप्तिमा सम्झौता अनुमोदनसँगै नेपाली नागरिकका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्ति बढ्ने र ढुवानी खर्च घट्ने उल्लेख छ ।

नेपालले अब पाँच वर्षीय कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्ने अवस्थामा रहेको भन्दै अमेरिकाले खुसी व्यक्त गरेको छ ।

उसले नेपाल अमेरिका सम्भन्धको ७५औँ वर्षसम्म आइपुग्दा नेपालमा विशाल र अपत्यारिलो परिवर्तन भएको र त्यसलाई अमेरिकाले अझै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

त्यस्तैगरी यो वर्ष नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष रहेको जनाउँदै दूतावासले यी ७५ वर्षमा नेपालमा विशाल र अपत्यारिला परिवर्तनहरू भएको समेत स्मरण गरेको छ।

करिब २० वर्षअघि एमसीसीको स्थापना भएयता भएको जनाउदै अमेरिकाले उक्त कम्प्याक्टहरूमार्फत विश्वभर नै गरिबी निवारणमा मद्दत गरेको बताउँदै जनाएको छ ।

अमेरिकाले आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्धको लडाइँसहितको सुशासनप्रति कटिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी गर्दै एमसीसीले कम्प्याक्ट सम्झौता गर्ने जनाएको छ।

२ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग गर्ने आशासहित नेपालका ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो।

उक्त सम्भौतालाई नेपालले संसदबाट फागुन १५ गते पास गरेको छ ।