चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बाघको आक्रमणमा परेर एक महिलाको मृत्यु भएको छ। बाघको आक्रमणबाट भरतपुर महानगरपालिका ६ बस्ने ४६ वर्षीय चिजा नेपालीको ज्यान गएको हो। 

आज दिउँसो  चितवन राष्ट्रिय निकुञ्जको बेलसर पोष्ट नजिक बाघले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। घटनाको थप विवरण आउन बाँकी छ।