चितवनमा निषेधाज्ञा कडा पारिदै, सार्वजनिक सवारी बन्द हुने संकेत

चितवनमा निषेधाज्ञा कडा पारिदै, सार्वजनिक सवारी बन्द हुने संकेत

चितवन – चितवनमा निषेधाज्ञा थप कडा पारिने भएको छ । कोरोना भाइरस संक्रमणदर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेबाट निषेधाज्ञा थप कडा पार्ने भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी शर्माले संक्रमणदर बढ्दै गएकोले भदौ १ गतेबाट सार्वजनिक सवारी साधन बन्द गरिने संकेत गरे । ‘संक्रमणदर बढ्दै गएको छ । १ गतेबाट थप कडाई गर्छौं, उनले एटुजेड समाचारसँग भने, सार्वजनिक सवारी लगायत भिडभाड हुने क्षेत्र बन्द गर्ने बिषयमा छलफल भइरहेको छ ।’

आज निषेधाज्ञा कुन मोडालिटीमा थप्ने भन्ने बिषयमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको (डीसिसिएमसी) को बैठक बस्दैछ । उक्त बैठकले जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञाको मोडालिटी बारे सिफारिस गर्नेछ । डीसिसिएमसीको सिफारिस अनुसार उद्योगी, व्यवसायी, यातायात व्यवसायीलगात सरोकारवालाहरुसँग छलफल गरी आज बेलुकासम्म नै प्रशासनले निर्णय गर्न सक्ने सहायक सिडीओ शर्माले बताए ।