घरमा एउटा तेजपत्ता जलाउनुहोस्, त्यसपछि देख्नुहुनेछ यस्तो चमत्कार !!

घरमा एउटा तेजपत्ता जलाउनुहोस्, त्यसपछि देख्नुहुनेछ यस्तो चमत्कार !!

तेजपत्तालाई विशेष गरि परिकारलाई स्वादिष्ट बनाउनको लागि प्रयोग गर्ने गरिन्छ। तेजपत्ता चिया देखि मासुका परिकार सम्ममा राख्न सकिन्छ। तेजपत्ताबाट आउने वासनाले परिकारलाई मीठो बनाइदिन्छ।

तेजपत्तालाई खानेकुरामा मात्र नभएर अन्य तरिकाले पनि प्रयोग गर्न सकिन्छ। तेजपत्तालाई उमालेर त्यसको पानी पिउनाले विभिन्न रोगको औषधि समेत हुन्छ। तेजपत्ता प्राचिन समयबाट नै विभिन्न तरिकाले प्रयोग हुँदै आएको छ।

प्राचिन समयमा तेजपत्तालाई खाने मात्र होइन, घरमा बालेर पनि राख्ने गरिन्थ्यो। एउटा कचौरा या कुनै भाँडोमा राखेर तेजपत्तालाई जलाउँदा त्यसले बत्तिको काम गर्नुका साथै घरमा मीठो वासना पनि फैलिन्छ।

अहिलेको समयमा बत्तिको लागि तेजपत्ता बाल्नु पर्ने अवस्था नरहेकोले तेजपत्तालाई एउटा कचौरामा राखेर बाल्ने र त्यो तेजपत्ताको धुँवा मात्र आउने किसिमले राख्न सकिन्छ। धुवाँको एलर्जी हुने समस्या छ भने, त्यसलाई कुनै एक ठाउँमा राखेर ढोका बन्द गरिदिन सकिन्छ।

यसरि निस्किएको तेजपत्ताको धुवाँले घरभरि वासना फैलिन्छ, जसले गर्दा त्यहाँ सकारात्मक ऊर्जाको सिर्जना गरिदिन्छ। तेजपत्ताको धुवाँले थकित व्यक्तिको पनि मुड ताजा गरिदिन सक्छ। यसको धुँवाबाट आउने वासनाले स्वास्थ्यमा नकारात्मक असर गर्दैन।

तेजपत्ताको धुवाँले गर्दा घरभित्र आएका माउसुली किरा फट्यांग्रा आदि भाग्छन्। त्यस्तै, यसको वासनाले गर्दा घरभित्र सर्प आउंदैन। नयाँ पुस्ता बाट सभार