पेरु कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश

पेरु कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश

पेरु कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।आज  बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १-० ले पराजित गर्दै पेरु अन्तिम आठमा पुगेको हो ।पेरुको जितमा आन्द्रे कारिल्लोले निर्णायक गोल गरे । उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन् ।यस जितसँगै पेरु समूह ‘बी’ को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।पेरुले ४ खेलमा ७ अंक जोड्यो ।भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ । २ अंक जोडेको भेनेजुएला पुछारमा रह्यो ।