माडीको दशगजा क्षेत्रमा भारतीयले सी.सि क्यामरा जडान गरेकाे फेला

माडीको दशगजा क्षेत्रमा भारतीयले सी.सि क्यामरा जडान गरेकाे फेला





माडीको दशगजा क्षेत्रमा भारतीयले सी.सि क्यामरा जडान गरेकाे फेला परेको छ।सोमेश्वर सामुदायिक बन क्षेत्रको संरक्षित क्षेत्र दशगजा क्षेत्रमा सि.सि क्यामरा राखिएको भेटिएकाे हो।वन अनुगमनका क्रममा भेटिएकाे जडित सि.सि क्यामेरा भारतीय पक्षले राखेकाे हुन सक्ने अनुमान गरिएकाे छ ।दशगजा क्षेत्रमा दुई देशको समझदारी बिना क्यामरा राख्नु भारतिय दादागिरिको रहेकाे भन्दै यस बिषयमा सराेकारवालाहरुकाे तत्काल ध्यान जानुपर्ने साेमेश्वर सामुदायिक वनका अध्यक्ष नेत्रनाथ आलेले बताउनुभयाे ।