म्युजिक भिडियोमा उदाउँदै गरेकी प्रमिशाको अभिनय रहेको ‘रोगै पिरतीको’ सार्वजनिक(भिडियो सहित)

म्युजिक भिडियोमा उदाउँदै गरेकी प्रमिशाको अभिनय रहेको ‘रोगै पिरतीको’ सार्वजनिक(भिडियो सहित)

पछिल्लो समय म्युजिक भिडियोमा उदाउँदै गरेकी प्रमिशाको अभिनय रहेको ‘रोगै पिरतीको’ गित हिजो(सोमबार) सार्वजनिक भएको छ।

बिमल पौडेलको शब्द रहेको उक्त गीतमा पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको छ । पछिल्लो समयका चर्चित कोरियोग्राफर काजिश श्रेष्ठको कोरियोग्राफी तथा निर्देशनमा रहेको म्युजिक भिडियोमा लोकप्रिय मोडल अर्जुन गौतमसंगै प्रमिशा बस्याल र अर्जुन न्यौपानेले अभिनय गर्नुभएको छ ।

काठमाडौंमा छायांकन गरिएको सो भिडियो राजेश घिमिरे र टिमले खिच्नुभएको हो भने दिपक विष्टले सम्पादन गर्नुभएको हो । गत दिनहरुमा पनि अन्य म्युजिक भिडियोमा अभिनय गरेकी पाल्पाकी १५ वर्षीय प्रमिशाको यो भने तेस्रो भिडियो हो।