चितवन मेडिकल कलेजमा एक स्वास्थ्यकर्मीले विरामी माथी यौन शोषण गरे

चितवन मेडिकल कलेजमा एक स्वास्थ्यकर्मीले विरामी माथी यौन शोषण गरे

चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) मा कार्यरत एक स्वास्थ्यकर्मीले विरामी माथी यौन शोषण गरेका छन् । गोर्खा घर भई भरतपुर आफ्न्तकोमा बसी अस्पतालमा मङ्गलवार घाँटीको उपचारको लागी ओपिडिमा आएकीन् महिला माथी चिकित्सकललेनै यौन शोषण गरेको परिवारको आरोप छ ।
अस्पतालमा अडियोलोजिस्टका रुपमा कार्यरत जयलाल प्रसाद यादवले उपचारको लागी भन्दै विरामीलाई काखमा राखीे पटकपटक गोप्य अंगमा चिमेटेको विरामीको आरोप छ । विरामीले मसाज गर्नु पर्ने भन्दै स्तन सहित यौन अङ्गमा हात लगेको भनी विरामीले आफ्न्त संग बताए पछि यो विषयमा अस्पतालामा छलफल समेत भएको थियो । यादवले विरामी संग छलफलमा खुटा ढोगेर माफी मागेको भिडियो समेत हामीलाई प्राप्त भएको छ । यद्धपी अस्पतालका अप्रेशन म्यानेजर पारस अधिकारीले यस विषयमा अस्पतालले अध्ययन गरिरहेको बताउछन् । हामीले पिडितको कुरा सुन्यौ थप अध्ययन गर्न बाँकी छ उनले भने ।