काठमाडौँका यी स्थानमा शुक्रबार र शनिबार विद्युत अवरुद्ध हुने

काठमाडौँका यी स्थानमा शुक्रबार र शनिबार विद्युत अवरुद्ध हुने

शुक्रबार र शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले बालाजु सबस्टेशनकाे ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकाेले यस सबस्टेशनबाट वितरित क्षेत्रमा शुक्रबार र शनिबार बत्ती जाने जानकारी दिएको हो ।

शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म तीन घण्टा र शनिबार दिउँसाे १२ बजेदेखि ३ बजेसम्म तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका अनुसार बालाजु औधोगिक क्षेत्र १, बालाजु औधोगिक क्षेत्र २, ढुंगेधारा, महाराजगंज, नयाँ बजार र धर्मस्थली फिडरहरु सट डाउन हुने हुँदा उक्त क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।