कोरोना जितेर डिस्चार्जको तयारीमा रहेकी महिलाको चितवनमा मृत्यु

कोरोना जितेर डिस्चार्जको तयारीमा रहेकी महिलाको चितवनमा मृत्यु

चितवनमा कोरोना जितेर डिस्चार्ज गर्ने तयारीमा रहेकी एक महिलाको मृत्यु भएको छ ।कोरोना पोजेटिभ भएपछ अस्पतालमा भर्ना भएकी उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारीमा रहेकै बेला चितवनको पुरानो मेडिकल कलेजमा आज मृत्यु भएको हो ।आज दिउँसो उनको मृत्यु भएको अस्पतालका सीईओ सुप्रभात श्रेष्ठले पुष्टि गरे । मृतक नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिकाकी ७५ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।
उनको मृत्युको विषयमा अस्पतालले छानविन तथा अनुसन्धान जारी राखेको छ ।ती महिलालाई कोरोना पुष्टि भएपिछि उनको हेरचाहमा खटिएका दुई जना आफन्तहरुलाई पनि कोरोना पुष्टि भएको छ ।उनीहरुको हाल नवलपुर प्राकृतिक चिकित्सालयको आइसोलेसनमा उपचार भइरहेको छ ।